हाम्राे बारेमा

एक्सेस मिडिया (प्रा) लिमिटेडद्वारा सञ्चालित ‘इजी खबर डटकम’ नेपालको एक स्वतन्त्र अनलाइन पत्रिका हो ।

हाम्रो सम्पादकीय नीति :

‘इजी खबर डटकम’ पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिबद्ध छ र सधैं रहनेछ । एक पटक प्रकाशित भईसकेका समाचार तथा समाचारजन्य सामग्रीहरु कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन । तर गल्ती सच्याउन भने तत्परता देखाइने छ । समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस मान्यताका आधारमा प्रकाशित गर्ने वा नगर्ने निर्णय गरिने छ ।

समाचार वा विचार प्रकाशन गर्दा कुनै पनि प्रकारको पक्षपात गरिँदैन । तर, हाम्रो प्राथमिकतामा नपरेका, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त विपरीतका सामग्री प्रकाशन नगर्न भने इजी खबर स्वतन्त्र छ । प्रकाशित विचार, विश्लेषण आदी इजी खबर को आधिकारिक धारणा नभई लेखक स्वयंका निजी हुन् । ग्रामीण, पछी परेका समुदाय वा स्थानीय प्रविधि तथा सीप लगायतका सामग्रीलाई समेत उच्च प्राथमिकता दिइने छ । व्यक्ति, समाज, देश गर्दै सम्पूर्ण विश्वमै सकारात्मक उर्जा प्रवाह गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो ।

प्रयोगका शर्तहरु :

स्वतन्त्रपूर्वक अभिव्यक्त गरिएका प्रतिक्रिया कुनै पक्षपात बिना नै प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया भने यथासीघ्र हटाइने छ । इजी खबरको सम्पादकीय नीति अनुसार प्रतिक्रियाहरू सम्पादन गर्न सकिने छ । मुल सामग्रीको सन्दर्भसँग मेल नखाने प्रतिक्रियाहरु पनि हटाउन सकिने छ । आम पाठकले उपलब्ध गराउने गोप्य एवम् निजी सूचना अरू कुनै पक्षलाई उपलब्ध गराइने छैन ।

       Regd No: 861/075/076 (Department of Information and Broadcasting Nepal)

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist