थारु पत्रकार संघ नवलपुर । थारु कल्याणकारिणी सभा कावासाेती नगर कमिटीले आयोजना गरेकाे नगर स्तरीय झमटा गित प्रतियोगिता सम्पन्न भएकाे छ । कावासाेती १० मगरकाेट स्थित जनता माविमा सम्पन्न प्रतियोगितामा नगरका ४३ समुहको सहभागीता रहेकाे थियो ।
पहिलो उत्कृष्टमा प्रगतिशील महिला समुह कावासाेती १४ हेगाैली सफल भएकाे हाे । त्यस्तै शेरगञ्ज झमटा समुह कावासाेती १५ शेरगञ्ज दाेस्राे, गाेइ थारु महिला समुह कावासाेती १५ गाेडार तेस्राे हुन सफल भएकाे हाे । दुई समुह , मिरमिरे विहानी युवती समूह कावासाेती १० मगरकाेट र दिदिबहिनी काेपीला समूह कावासाेती १७ गाेछडाटार सान्त्वना भएकाे छ ।
विजेता समुहलाइ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । क्रमश पहिलाे हुने लाई १५ हजार , दाेस्राे हुनेलाइ १२ हजार तेस्रो हुनेलाइ १० हजार र सान्त्वना २ समुहलाई ६/६ हजार प्रदान गरिएकाे छ ।
थारु महिलाहरुकाे पर्व जितियाकाे अवसरमा आयोजित नगर स्तरीय झमटा गित प्रतियाेगीतामा कावासाेती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेत, मध्यविन्दु नगरपालिका उपप्रमुख पुणकला चाैधरी , थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य विरेन्द्र चाैधरी लगाएत थारु बुद्धिजीवी, विभिन्न थारु महिला समुहका प्रतिनिधि, जनप्रतिनिधि लगाएको कार्यक्रममा सहभागीता रहेकाे थियाे ।
थाकस कावासाेतीका सभापति विकन कुमारी महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजिकरण हेमराज महताे र चन्द्रा महताेले गर्नु भएकाे थियाे ।
Discussion about this post