साम्प्रदायिक र धार्मिक द्वन्द्व सिर्जना गरेको आरोपमा सुनसरीको चक्रघट्टीमा बस्दै आएका श्रीनिवास आचार्य पक्राउ गरेका छन्।
उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आह्वान गर्दै चर्को भाषण गरेका थिए। गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनले विवादित अभिव्यक्ति दिएका थिए।
श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउनका लागि मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनी यसअघि २०७४ चैत २५ गते आफैंलाई गोली हाल्न लगाएको आरोपमा पनि पक्राउ परेका थिए।
Discussion about this post