सन् २०२५को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ।
बुधबार राति ९:४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०:४५ बजेसम्म दिन सकिनेछ।
डिभी भर्नका लागि कुनै पनि शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ।
‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराएतापनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार रहनुहुनेछ,’ दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ।
कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ।
Discussion about this post