पाटन संयुक्त क्याम्पसमा लामोसमयसम्म अध्यापन गर्नुभएको प्राध्यापक डाक्टर राजन पोखरेलले लेख्नुभएको समयको अटोग्राफ विमोचन गरिएको छ । नेपाल भाषा केन्द्रीय विभागको हलमा उपन्यास विमोचन गरिएको हो ।
कार्यक्रममा प्राध्यापक डाक्टर श्रीधर गौतम, उपप्राध्यापक बिष्णु ज्ञवालीले समीक्षा गर्नुभएको थियो । समीक्षकद्वयले लेखकले बिषयबस्तु प्रस्टरुपमा उल्लेख गरेको बताउनुभयो ।
उपन्यासले नेपालको राजनीतिक, आर्थिक, भौतिकवादी कुरा, माया प्रेमका कुरालाई समेत समेटेको छ ।
उपन्यासको ३३ खण्डमा सिन्धुली जिल्लाको दुई शहिद ऋषिराम देवकोटा आजाद र दुर्गा सुबेदीको कुरा समेटिएको छ । उहांहरु दुबैजना माओवादी जनयुद्धको शहिद हुनुहुन्छ । उहाँहरुलाई तत्कालिन सरकारले स्थानीय बजारमा हत्या गरेको थियो ।
३५ औं खण्डमा सिन्धुली जेलको चर्चा गर्नुभएको छ । जेलमा महिला र पुरुषलाई बारेर छुट्टाछुट्टै राखेको स्मरण गर्नुभएको छ । हाल गंगानारायण श्रेष्ठ बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री र बन्दना सुबेदी श्रेष्ठको धर्मपत्नीको रुपमा हुनुहुन्छ । सुबेदी शहिद दुर्गा सुबेदीको सुपुत्री हुनुहुन्छ ।
उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईले विमोचन गर्नुभएको हो । कार्यक्रममा पाटन संयुक्त क्याम्पसको अंग्रेजी विभाग प्रमुख प्राध्यापक डाक्टर संजय कुमार मिश्र, नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव प्राध्यापक डाक्टर धन प्रसाद सुबेदी, प्राध्यापक, कर्मचारी विद्यार्थीको उपस्थिति रहेको थियो ।
Discussion about this post