मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिति कपिलवस्तु जिल्लाले आयोजना गरेको “किसान-मजदुर मार्च” सम्पन्न भएको छ। भिच्छु चोकबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय, तौलिहवामा पुगेर कोण सभामा बद्लिएको थियो।
जिल्ला प्रशासन कार्यालय पुग्नै लाग्दा केहीबेर प्रहरी र पीडितबिच मुठभेड हुँदा स्थिती तनावग्रस्त भएको थियो। तर केहीबेर पछि स्थिती सामान्य अवस्थामा आएको थियो। आम सर्वसाधारण जनताका आधारभूत आवश्यकता पूरा गर्नका लागि विभिन्न नाराहरु लगाइएका थिए।
वित्तिय शोषण तथा उत्पीडन विरुद्धका सबैखाले समस्याहरुको सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष उमेश कोरी, केन्द्रिय सदस्य अजय कार्की, बर्खु चमार, लगायत कपिलवस्तु जिल्लाका पीडित किसान मजदुरहरुले आफ्नो मन्तव्य राख्नु भयो।
Discussion about this post