• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, November 30, 2023
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • साहित्य
  • जीवनशैली
  • इतिहास
    आज विजयादशमी

    आज विजयादशमी

    थारु समुदायको ‘अनत ब्रत’

    थारु समुदायको ‘अनत ब्रत’

    बणकी अतवार ब्रत

    बणकी अतवार ब्रत

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो
  • मुख्यपृष्ठ
  • साहित्य
  • जीवनशैली
  • इतिहास
    आज विजयादशमी

    आज विजयादशमी

    थारु समुदायको ‘अनत ब्रत’

    थारु समुदायको ‘अनत ब्रत’

    बणकी अतवार ब्रत

    बणकी अतवार ब्रत

  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो
EasyKhabar
EasyKhabar
  • इतिहास
  • भिडियो
  • जीवनशैली
  • अर्थ बजार
  • विज्ञान प्रविधि
  • साहित्य

ग्लोबल ओरियन्स नेपाल प्रालिको तेस्रो वर्षगाँठ सम्पन्न

EasyKhabar EasyKhabar
October 14, 2023
A A
0
90
SHARES
176
VIEWS
Share on FacebookShare on TwitterWhatsapp

स्वास्थ र सुन्दरतालाई प्राथमिकतामा राखी आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सामग्रीहरु बिक्री गर्दै आएको ग्लोबल ओरियन्स नेपालको तेस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतित्थतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष लालप्रसाद साँवा लिम्बु, पुर्व वाणिज्य मन्त्री तथा सुचना, सञ्चार तथा पब्लिकेसन विभाग, नेपाली कांग्रेसका प्रमुख मिन बहादुर विश्वकर्मा, नेपाल चेम्वर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेस कुमार अग्रवाल विशेष अतिथि रहेका थिए । भने अतिथिको नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष प्रेम तिवारी, अन्तराष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की, कम्पनीका निर्देशकहरु ज्ञानु लामिछाने गिरी, सुमित गौतम, स्मिता थपलिया रहेका थिए ।

सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा कम्पनीकी निर्देशक ज्ञानु लामिछाने गिरीले स्वागत मन्तव्य राखेकी थिईन् । उनले स्वागत मन्तव्यको क्रममा उनले प्रत्यक्ष बिक्री व्यवसायको बजार विश्वमा सफलतापूर्वक बढ्दै गएको उल्लेख गर्दै कम्पनीले कानूनसम्मत रुपमा २०७७ सालबाट आफूहरुले यो कामलाई खगाडी बढाएको उल्लेख गरिन उनले कानूनसम्मत संरक्षण गर्दै अगाडी बढाउन सकेमा वेरोजगारी बनेका दिनहुँ हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी हुनेमा विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयात प्रतिस्थापन गर्ने र स्वदेशी वस्तुको खपतमा जोड दिने उदेश्यल आम युवाहरुमा उद्यमशीलताको विकास गरी वितरकको माध्ययमबाट स्वरोजगार उत्पादन गर्नेगरी डाईरेक्ट सेलिङ्घ कम्पनीको रुपमा आफूलाई व्यवसाउमा अगाडी बढाउन सफल भएको भन्दै प्रशंसा गरेका थिए । उनले निर्यातलाई बढवा दिँदै आयातलाई प्रतिस्थापन गर्न सफल होस् भन्दै संस्थालाई शुभकामना समेत दिएका थिए । मन्त्री रिजालले नेपालीहरुको महान चाडहरु दशैं, तिहार तथा छठ पर्वको शुभकामनासमेत दिए ।

कार्यक्रमका सभापति वसन्त पण्डितले संस्थाको तर्फबाट मन्तव्य राख्दै संस्था स्थापनाको तीन वर्षको अवधिमा आफूहरुले पाएको साथ र समर्थनप्रति सबैलाई आभार व्यक्त गरेका थिए । आफूहरुले प्रत्यक्ष बिक्री प्रवर्दनको क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन गराउन सफल भएको बताए । उनले तीन वर्षको अवधिमा विभिन्न कम्पनीमा गरेर ६० हजार जना पुगेको बताए । १७ करोड भन्दा धेरै विभिन्न शीर्षकमा कर बुझाएको संस्थालाई नेपालकै नम्बर एक बनाउनेतर्फ आफूहरु लागिरहेको उनले बताए । उनले स्वदेशीउपभोक्ताहरुलाई आफ्नो उत्पादन बिक्री गरिरहँदा ८ वटा कम्पनीसँग सहकार्य गरेको बताए । नेपाली उद्योगहरु सक्षम छन् । गुणस्तरीय सामानहरु उत्पादन गर्न सक्छन् भन्ने उदाहरण आफूह्रले पेश गरेको पण्डीतको भनाई छ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा प्रतिनिधि सदस्य प्रसाद एलपी साँवा लिम्बूले नेपालमा युवाहरुको लागि काम गर्ने अवसर नभएको, राज्यले मात्र रोजगार उपलब्ध गराउन नसक्ने, व्यापार घाटाको कारण राज्यको ढुकुटी कम हुदैं जाँदा राज्यको सिस्टम नै तहसनहस हुन सक्ने कुरालाई सरकारले बेलैमा सोच्नु पर्ने र प्रत्यक्ष विक्रि कार्य एउटा नयाँ विकल्प र समय सुहाउँदो व्यापार हुन सक्ने कुरामा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्माले व्यापारीहरुलाई थुनछेक गरेर, राज्यका निकायहरुले तर्साउने शैलीले नियन्त्रण गर्न खोजेर अब नेपालको राष्ट्रिय अर्थतन्त्रको भार गेग्न नसक्ने बताए । हरेक व्यापारीहरुलाई कर तिर, पारदर्शी व्यापार गर भनेर प्रोत्साहन गर्न जरुरी रहेको उनको भनाई छ । ‘प्रत्यक्ष विक्रि पद्धतिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न, नियमन गर्न मात्र सक्यो भने राज्यले आम युवाहरुलाई रोजगारी दिने मात्र होईन, ऐनमा उल्लेख भएको ५० प्रतिशत स्वदेशी उत्पादनलाई मात्र पनि प्रोत्साहन गर्न सकियो भने आयात प्रतिस्थापन शतप्रतिशत हुन सक्छ’ विश्वकर्माले भने । उनले राज्यका निकाय, कर्मचारीतन्त्रहरुले यसलाई अन्तराष्ट्रिय अभ्यास अनुसार ऐन कानुन संसोधन गरेर भए पनि यस व्यवसायलाई स्थापित गर्नुपर्ने बताए । समग्रमा यो व्यवसायका केही कमजोरी पक्ष भए पनि यसलाई सुधार्नेतर्फ ध्यान दिनपनि उनले आग्रह गरे ।

नेपाल चेम्वर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेस कुमार अग्रवालले वर्तमान अवस्थामा राज्यको अदरदर्शी नितिका कारण राज्यको अर्थतन्त्र शिथिल मात्र नभई आम व्यापारीहरुले अब व्यापार गर्न सक्ने अवस्था नरहेकोले राज्यले आम व्यापारीहरुलाई नियन्त्रण नगरी उपयुक्त सिस्टम बनाएर प्रोत्साहन गर्नु पर्ने र प्रत्यक्ष विक्रि पद्धति अबको व्यापारको नयाँ प्रयोग र अभ्यास हुन सक्ने बताए । ग्लोवल ओरियन्स नेपालले स्वदेशी उत्पादनको खपत बृद्धी गरी आम युवाहरुलाई रोजगारी दिएको देख्दा अब हुन्छ कि भनी आस पलाएको बताए । उनलेआफू १६ वर्ष अगाडी चेम्बरको सदस्य रहँदा यो व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ भन्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउन गएको सम्झँदै चेम्बरको वरिष्ठ उपाधयक्ष आफ्नो उक्त प्रयासले सार्थकता पाएको र यो व्यवसायले नेपालको करको क्षेत्रमा अग्रणि भूमिका निर्वाह गरेको सुन्दा आफूलाई निक्कै खुसी लागेको बताए ।

त्यस्तै अर्का अतिथी नर बहादुर कार्कीले गुनासो गरेर मात्र नहुने, देश बनाउन सबै नागरिक सचेत हुनुपर्ने र त्यसको लागि आफैं पुर्ण रुपमा सहभागी भई जिवन, समाज र देशको विकास र उन्नतीको लागि अग्रसार हुनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रमको समापन गर्दै ग्लोवल ओरियन्स नेपाल प्रालिका प्रबन्ध निर्देशक,प्रकाश श्रेष्ठले देशमा रोजगारको अवसर नपाएर युवाहरु विदेशिरहेको अवस्थामा डाईरेक्ट सेलिङ्ग कम्पनीहरुले विक्रि प्रबर्धनमा संलग्न भएर आम्दानी गर्ने कार्य सराहनीय रहेको बताए । उनले अबको युवाको सुरक्षित भविष्य पनि यसैमा रहेको बताउँदै अब सुन्ने मात्र होईन मनन पनि गर्नुपर्नेमा जोड दिए । उनले उपस्थित व्यक्तित्वहरुले दिएका सुझाव र सल्लाहलाई कम्पनीको मार्गनिर्देशनको रुपमा लिएर राम्रो अनुसाशित कम्पनी बनाउनु, गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउनु कम्पनीमा आवद्ध वितरकहरुको कर्तब्य भएको हुनाले यस कुरालाई आत्मसात गर्दै अगाडि बढ्न प्रतिवद्धतासमेत व्यक्त गरेका छ्न ।

‘व्यापार मात्र होईन, देखिएका वितरकहरुले कमाउने मात्र होईन, युवाहरुको स्वस्फुर्त छनौट पनि यो क्षेत्र हामीले बनाउन सक्नुपर्नेछ । कम्पनी यसमा प्रतिबद्ध छ । हामी सबै मिलेर यस कम्पनीलाई सफलताको शिखरमा पुरÞ्याउनु छ। हामी तपाईको हरेक पाईलामा साथ सहयोग दिन प्रतिबद्ध छौं’ श्रेष्ठले भने उनले आफ्नो कम्पाीले एक हप्तामा २ हजार ६ सय जनाभन्दा धेरैलाई रोजगारीको अवसर उपलब्ध गराएको बताए । उनले अबको पाँच वर्षभित्रमा कम्पनीले १०औं हजार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताए । आफूहरु १०औं हजार नेपालीलाई स्वदेशमै रोजगारी प्रदान गर्न तयार रहेको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यले वातावरण तयार गर्नुपर्नेमा जोड दिए । खाडीको तातो घाममा जानुपर्ने अवस्थाको अन्त्य गर्न यो कम्पनी कोसेढुंगा हुनेमा विश्वस्त रहेको बताउँदै श्रेष्ठले सबैले साथ र सहयोग गरेमा नेपालबाट दुईछाक खाने प्रवन्ध गर्नकै लागि विदेशीनुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरु तयार रहेको बताए ।
“ग्लोवल ओरियन्स नेपालको साथ सम्मृद्धिको आधार” भन्ने नाराका साथ अगाडि बढेको कम्पनीले हरेक उपभोक्तालाई स्वस्थ, सौन्दर्य र समृद्ध बनाउने सोच राखेको छ । उचित मुल्यमा नेपाल सरकारका सम्बन्धित निकायहरुमा दर्ता गरी टे«डमार्क लिएर यी सामानहरु ग्लोवल ओरियन्स नेपालले विक्रि वितरण गरिरहेको र हरेक ३÷३ महिनामा तालुक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बुझाईरहेको तथा समय समयमा विभागबाट नियमित अनुगमन समेत भईरहेको कम्पनीले जनाएको छ ।

Related Posts

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ खुल्ला

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ खुल्ला

November 25, 2023
नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

November 13, 2023
ईसेवाको कर्मचारी हुँ भन्दै ठगी, तपाई पनि फस्नु होला!

ईसेवाको कर्मचारी हुँ भन्दै ठगी, तपाई पनि फस्नु होला!

October 31, 2023
खोला हाइड्रोपावरको लगानी जुट्यो, ३ बैंकले लगानी गर्ने

खोला हाइड्रोपावरको लगानी जुट्यो, ३ बैंकले लगानी गर्ने

October 17, 2023
नेपालमा भ्रष्ट्राचार बढ्यो, राजनीतिक दल र कर्मचारी प्रमुख कारक

नेपालमा भ्रष्ट्राचार बढ्यो, राजनीतिक दल र कर्मचारी प्रमुख कारक

October 15, 2023
नक्कली नोट बनाउने मेसिन सहित बर्दघाटबाट दुईजना पक्राउ

नक्कली नोट बनाउने मेसिन सहित बर्दघाटबाट दुईजना पक्राउ

October 13, 2023
  • Trending
  • Comments
  • Latest
क्रान्तिशान्ति छाडेर गंगा र बन्दना अर्कै खाले राजनीति गर्दै छन् भन्ने सुनेको छु : समयको अटोग्राफ

क्रान्तिशान्ति छाडेर गंगा र बन्दना अर्कै खाले राजनीति गर्दै छन् भन्ने सुनेको छु : समयको अटोग्राफ

October 14, 2023
इजरायलमा नौ जना नेपाली घाइते, नेपालद्वारा हमलाको भर्त्सना

इजरायली सेना र हमासबीचको भिडन्तमा ११ सयभन्दा बढीको मृत्यु

October 9, 2023
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

October 1, 2023
मिटर ब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए

मिटर ब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए

October 10, 2023

Hello world!

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0

Shadow Tactics: Blades of the Shogun Review

0

macOS Sierra review: Mac users get a modest update this year

0
बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स,अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा

बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स,अपाङ्गता भएका र सुत्केरीलाई निःशुल्क सेवा

November 29, 2023
पूर्वी नवलपरासीमा गाउँ रित्तिदै

पूर्वी नवलपरासीमा गाउँ रित्तिदै

November 28, 2023
माओवादी उपत्यकाले भूकम्प प्रभावितलाई पठायो कम्बल

माओवादी उपत्यकाले भूकम्प प्रभावितलाई पठायो कम्बल

November 27, 2023
खिचरी तयारी बैठकमा हिसाब सार्वजनिक गर्न माग

खिचरी तयारी बैठकमा हिसाब सार्वजनिक गर्न माग

November 26, 2023

हाम्रो बारेमा

अध्यक्ष तथा सम्पादक
ओम संग्राम
संचार रजिस्ट्रार दर्ता नं. ८६१/२०७५-७६
प्रेस काउन्सिल दर्ता नं. १२४०/२०७५
कम्पनी दर्ता नं. १७३२७२/०७४/०७५
इमेल :
easykhabaronline@gmail.com

सम्पर्क:

Access Media Pvt. ltd.
Gabha, Lalitpur, Nepal
accessmedianepal@gmail.com
लेख/रचनाको लागि
newsdesk@easykhabar.com
विज्ञापनका लागि सम्पर्क
9849669768

Follow Us

Subscribe to Blog via Email

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • साहित्य
  • जीवनशैली
  • इतिहास
  • पर्यटन
  • अर्थ बजार
  • राजनीति
  • विज्ञान प्रविधि
  • विश्व
  • भिडियो

© 2023 Access Media Pvt .Ltd. All rights reserved. स्रोतहरू खुलाइएका बाहेक इजीखबर मा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा. ली. को सम्पत्ति हुन् । यसमा प्रकाशन गरिएका सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व अनुमति लिन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist