थारु कल्याणकारिणी सभा रौतहट जिल्ला अध्यक्ष एवं पुर्व प्रधानाध्यापक जगरनाथ चौधरीले पीएचडी गर्नेलाई नगद २०, मास्टर डिग्री गर्नेलाई ५ हजार, लोकसेवामा नाम निकाल्नेलाई ५ हजार रुपियाँ दिने उद्घोष गर्नुभएको छ । दशैँ, तिहार, नेपाल सम्बत र छठको अवशरमा आयोजित कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो ।
लामोसमयसम्म अध्यापन पेशामा आबद्ध हुनुभएका चौधरी अवकाशपछि समाजसेवामा आवद्ध हुनुहुन्छ । उहाँ श्री माध्यमिक विद्यालय, बगही, रौतहटको प्रधानाध्यापक हुनुहुन्थियो ।
Discussion about this post