नेपाल समाजवादी पार्टीले जाजरकोट-रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख सहयोग गरेको छ ।

पार्टीको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहितको पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न भट्टराईले प्रधानमन्त्रलाई सुझाव दिनुभएको हो ।
Discussion about this post