काठमाडौँमा मनाइने थारुको नयाँ बर्ष तथा खिचरी राष्ट्रिय महोत्सवमा गत बर्षको महोत्सवको हिसाब सार्वजनिक गर्न माग गरिएको छ । थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले २०८० सालको महोत्सव तयारी बैठक आफ्नै कार्यालयमा बोलाएको थियो । बैठकमा उपस्थित सहभागीले हिसाब सार्वजनिक गर्न माग गरेका थिए ।
बैठकको एजेन्डा काठमाडौँमा नयाँ वर्ष तथा खिचरी महोत्सव गर्ने र कुन मोडालिटीमा गर्ने भनिएपनि सो बिषयमा भन्दा हिसाब सार्वजनिक गर्ने कुरामा छलफल भएको थियो ।
बैठकमा थारु कल्याणकारिणी सभाको पदाधिकारीहरुसहित थारुहरुको उपस्थिति रहेको थियो ।
थारु समुदायले प्रत्येक वर्ष काठमाडौँमा माघ १ गतेका दिन नयाँ वर्ष तथा खिचरी महोत्सव आयोजना गर्ने गरेका छन् ।
Discussion about this post