गाउँबाट बिस्थापित भै शहर पस्ने क्रम बढे संगै अहिले पूर्वी वलपरासीका गाउँहरु रित्तिन थालेका छन् भनेर नेपाल टिभीमा समाचार छापिएको छ । ६० प्रतिशत बासिन्दा स्थायी रुपमै गाउँ छाडेर शहर केन्द्रीत भएका छन भने अन्य रोजगारीको सिलसिलामा बाहिरिएपछि ज्येष्ठ नागरिक स्थानिय मै रोजगारी भएकाहरु मात्र गाउँमा बसोबास गरेका बुलिगंटार गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष बिष्णुविर जर्घामगरले बताउनुभयो ।
जिल्लाको बुलिङ्गटार र बौदीकालीका गाँउपालिकामा ६० प्रतिशत बासिन्दा गाउँ छाडेर शहर केन्द्रीत भैसकेका छन ।
यो क्रम बढिरहेने र गाउँ केन्द्रीत नीति ल्याउन सकिएन भने गाउँमै बस्ने मान्छे नहुने भएकाले समयमै रोक्न नसक्ने हो भने पाँच सात बर्षमा गाउँ पुरै रित्तिन सक्ने समाजशास्त्रका प्राध्यापक शालिकराम कोइराला बताउनुहुन्छ ।
कति जनसंख्या बिस्थापित भयो ?
पहाडी दुई गाउँपालिका मध्ये बुलिङ्गटारको जनसंख्या २०६८ को जनगणनामा १९ हजार १२२ थियो त्यो अहिले २०७८ को जनगणनानमा घटेर १४ हजार ६३७ को हाराहारीमा पुगेको छ भने त्यो पनि शहर केन्द्रीत भएकाहरुले बसाँई सराई नल्याएर गाउँकै ठेगानामा बिबरण भर्दा यस्तो भएको हो ,गाउामै स्थायी बसोबास गर्नेको संख्या त चार हजारको हाराहारीमा रहेको बुुलिंगटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले बताउनुभयो ।
उता बौंदीकाली गाउँपालिकाको २०६८ को जनगणना मा १९ हजार रहेको जनसंख्या अहिले २०७८ मा करुीब १० हजारको हाराहारीमा पुगेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । बौंदीकाली गाउँपालिकाले त बजेटमै गाउँ फर्कनेलाई घर र २५ हजार ,निशुल्क शिक्षा दिने घोषणा गरे पनि त्यो अनुसार गाउँ फर्कनेको संख्या भन्दा गाउँ छाडनेको संख्या बढदै गएकोले यो सबैका लागि चिन्ताको बिषय भएको अध्यक्ष ओझाको भनाई छ ।
पहाडी गाउँपालिका संगै शहर संगै जोडिएका थप दुई गाउँपालिका हुप्सेकोट को वडा नं २ , ५ ,र ६ र बिनयीत्रिबेणी गाउँपालिकाको वडा नं ३ का ८० प्रतिशतले गाउँ छाडेको र शहर केन्द्रीत भैसकेका हुप्सेकोट गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष पदम रानामगरले बताउनुभयो ।
अहिले पनि गाउँ छाडेर शहर केन्द्रीत हुने उत्तिकै बढिरहेको छ । ती वडाहरुबाट बँसाईसराई गरेर उनीहरु धेरै आफनै पालिकाका सुगम ठाउँमा बसोबास गरिरहेका तथ्याँले देखाउँछ ।
कसरी रोक्न सकिन्छ बसाँईसराई ?
अहिले गाउँ संग शहरको बाताबरण फरक रहे पनि सढक संजालका कारण गाउँघरको सेवा र सुविधा भन्दा शहरको रमझममा यहाँका बासिन्दाको बिस्थापित हुने क्रम बढेको प्राध्यापक शालिकराम कोइरालाको बुझाई छ । गाउँमा बाटो पुगेको छ ,बिद्यालयहरु खुलेका छन तर ती सबै छाडेर भएको जग्गा जमीन पनि बाँझै छाडेर शहर पस्नेको लर्को लागेको छ भन्नुहुन्छ बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर ।
कतिपय रोजगारीको खोजीमा बिदेशिनु परेको छ भने कतिपय गाउँमा रोजगारी नै नभए पछि शहर झरेर भए पनि पेट पाल्न सजिलै पाईने आशाले पनि झरेको पाईन्छ र जस्का कारण ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ ।
स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवा सुविधा खोज्दै नवलपरासी पूर्वको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढे सँगै राजमार्गले छोएका स्थानिय तहमा जनसंख्याको चाप बढेको गैंडकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी बताउनुहुन्छ ।
पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि बुलिङ्गटार र बौंदीकाली गाउँपालिकाको जनसंख्या ऋणात्मक देखिएको छ ।
यि दुइ पालिकाको जनसंख्या पछिल्लो दशवर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसंख्या पनि बिस्तारै घटदो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षमा ह्वात्त्तै बढेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङ्गटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको हो । तथ्यांक कार्यालय ले दिएको जानकारी अनुसार बौदीकालीको जनसंख्या वृद्धिदर ऋृणात्मक तीन दशमलब .१४ र बुलिङ्गटारको जनसंख्या वृद्धिदर ऋृणात्मक दुई दशमलब ५७ प्रतिशत रहेको छ ।
त्यसै गरि मुख्य राजमार्गले नछोएको अर्को स्थानिय तह हुप्सेकोट गाउँपालिकाको जनसंख्या वृद्धिदर शुन्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ यता पुर्व पश्चिम राजमार्गले छोएका स्थानिय तहको जनसंख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको जनसंख्या वृद्धिदर जिल्लामा सबै भन्दा बढी छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार तीन दशमलब १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसंख्या ८६ हजार आठ सय २१ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसंख्या ६२ हजार चार सय २१ रहेको थियो ।
जनसंख्या बढने स्थानिय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुई दशमलब ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसंख्या ५८ हजार पुगेको छ ।
२०६८ मा देवचुलीको जनसंख्या ४२ हजार छ सय तीन रहेको थियो । त्यसै गरि दुई दशमलब .८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैंडाकोट नगरपालिकाको जनसंख्या २०७८ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दस वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसंख्या रहेको थियो ।
त्यसै गरि राष्ट्रिय जनगणना २०७८ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलब.१६ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसंख्या रहेको यो नगरपालिकाको जनसंख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ । त्यसै गरि विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलब ए६ प्रतिशत रहेको छ ।
२०६८को राष्ट्रिय जनगणनामा ३२ हजार ९४३ जनसंख्या रहेको यहाँको जनसंख्या दश वर्षमा बढेर ३८ हजार तीन सय ७० पुगेको छ ।
गाउँपालिका के गर्दैछन बसाईसराई रोक्न ?
पहाडी भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो । गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ स्थानिय तहले गम्भीर भएर सोच्नु पर्ने प्राध्यापक कोइरालले बताउनुुभयो ।
गाउँमा जनसंख्या टिकाउने हो भने पुर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउने तर्फ स्थानिय तह लाग्नु पर्ने समाजशास्त्रका अर्का प्राधयापक टोला भुुर्तेलले बताउनुुभयो । शिक्षा मा आमूल परिबर्तन र कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसंख्या गाउँमा पनि टिक्छ,’ भुर्तेलको भनाई थियो ।
गाउँपालिकाले बसाइँसराई रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिइए पनि सार्थकता पाउन नसकेको बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीको भनाई छ ।
‘गुणस्तरीय शिक्षा र रोजगारीका लागि पहाडबाट गाउँ नै रित्तिने गरि बसाइँसराइ बढिरहेको छ यस्लाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौ’, अध्यक्ष प्रकाश ओझाले भन्नुभयो ।
Discussion about this post