हामी सबैले साधारणरुपमा हेडमास्टरले के गर्छन् भन्दा पढाउने र विद्यालय संचालन गर्ने बुझ्छौं तर कावासोती १५ वडामा रहेको दुर्गा भवानी आधारभूत विद्यालयको शिक्षक छन्नुराम महतो त्यति मात्र सिमित हुनुहुन्न उहाँको दिनचर्या बिहान उठेसंगै आफ्नै होटेल र माहुरी पालन व्यवसाय गर्दै आइरहनुभएको छ ।
शिक्षण पेशामा आवद्ध संगै मौरीपालन व्यवशायबाट मनग्य आम्दानी गर्दैआइहरनु भएको छ । फुर्सदको समय सदुपयोग गर्दै दुई जना मिलेर अर्गानिक मह उत्पादन गरेको महतोले बताउनुभयो । म र छिमेकि साथी नबिन महतोले अर्गानिक मह उत्पादन गर्दै छौं, मह बिक्रि गर्न समस्या छैन, बजार मूल्य पनि राम्रै पाएका छौँ उहाँले बताउनुभयो ।
उहाँहरुले यो सिजनमा एक सय पचास केजी मह उत्पादन गरेको बताउनुभयो । हामी सिक्दैछौं अब निरन्तरता दिनेछौं । थप मौरी र घारको जोगाड गर्दै व्यवशायिक मह उत्पादन गर्ने बताउनुभयो ।
Discussion about this post