थारु कल्याणकारिणीसभा कतार च्याप्टरको सभातिमा हरि बहादुर महतो निर्वाचित हुनुभएको छ । आज कतारस्थित फुलवारी रेस्टुरेन्टमा आयोजित खिचरी पर्व तथा अधिवेशनबाट महतो निर्विरोध निर्वाचित हुनुभएको हो ।
सात सदस्यीय कार्यसमितिमा प्रथम उप-सभापतिभगवती चौधरी, द्दितिय उप-सभापति घनश्याम चौधरी, महामन्त्री रामानन्द चौधरी, सह-महामन्त्री जितेन्द्र चौधरी, कोसाध्यक्ष दिनेश चौधरी, सचिब ओम नारायण चौधरी रहनुभएको छ । त्यसैगरी संस्कृति संरक्षकमा अरुण कुमार चौधरी चयन हुनुभएको हो ।
Discussion about this post