थारु कल्याणकारिणी सभा कतार च्याप्टरद्धारा “ आयोजित जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ “माघी पर्व – थारु संवत २६४७ तथा सातौ अधिवेशन” संस्थाका सभापति श्यामलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा जातीय संघ संस्थाहरुको प्रतिनिधिहरुले मन्तब्य राख्नुभएको थियो ।
कतारमा सघं सस्थाहरुमा आपसी भाईचरा सदभाब प्रकट गर्दै आदिवासी जनजातीहरुको रितिरिवाज अनुसार नेपाल मगर संघ शाखा कतार तथा प्रवासी भुजेल समाज कतारद्धारा थारु कल्याणकारिणी सभा कतार च्याप्टरलाई शुभकामना सहित माघिको कोशेली हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विविध थारु पहिचान झल्कने दर्जनौ कलाकारहरुले सास्कृतिक प्रस्तुतिप्रस्तुत गर्नुभएको थियो ।
थारु कल्याणकारिणी सभा कतार च्याप्टरको” माघी पर्व-थारु संवत २६४७ तथा सातौ अधिवेशन” कार्यक्रम सफलपार्न आर्थिक सहयोग गर्नुहने सहयोगीहरु तथा कलाकारहरुलाई समेत कदर‐पत्र तथा प्रशंशा–पत्र प्रदान गरिएको थियो ।
अर्जुन प्रसाद शाहलाई थारु कल्याणकारिणी सभा कतार च्याप्टरमा पुर्याउनु भएको योगदानको मुल्याकंन गर्दै मानार्थ सदस्य-पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तमा संस्थाका सभापति श्यामलाल चौधरिज्यूले कार्यक्रम सफल पार्न भुमिका खेल्ने तमाम थारुदाजुभाई तथा दिदीबहिनीहरु, आर्थिक सहयोग गर्नुहुने सहयोगी स्पोन्सरहरु, कार्यक्रमको शोभा बढाउने कलाकारहरु तथा थारु कल्याणकारिणी सभा कतारको निमंत्रण स्वीकारदै कार्यक्रम हलसम्म आउनु भएका अतिथिगणहरु प्रती हार्दिक आभार प्रकट गर्नुका साथै आगामी दिनहरुमा पुन दोहामा रहेका संघ संस्थाहरुसँग यसरी नै हातेमालो गर्दै जाने र थारुहरुको हक अधिकार तथा पहिचानका मुद्धाहरुमा अग्रपक्तिमा रहेर संस्थाले काम गर्ने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम उद्घोषण संस्थाका उपसभापति हरि बहादुर महतोले गर्नु भएको थियो ।
बन्द-सत्रमा सांगठनिक प्रतिवेदन उपसभापति हरि बहादुर महतो र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ओम नारायण चौधरीले प्रस्तुत गर्नु भएको थियो । निर्वाचन समितीका संयोजक प्रमुख सल्लाहकार अरविन्द कुमार चौधरी र निर्वाचन समिती सदस्यमा रहनु भएका सम्पूर्ण सल्लाहकारहरुले निर्वाचन प्रकृया अगाडी बढाउदै सातौ कार्यकालको लागि निर्बिरोध निम्न पदाधिकारी तथा सदस्यहरु निर्वचित हुनु भयो ।
सभापति हरि बहादुर महतो, प्रथम उप-सभापति भगवती चौधरी, द्वितीय उप-सभापति घनश्याम चौधरी, महामन्त्री रामानन्द चौधरी, सह-महामन्त्री जितेन्द्र कुमार चौधरी, कोषाध्यक्ष दिनेश कुमार चौधरी, सचिव ओम नारायण चौधरी, सांस्कृतिक संरक्षक अरुण कुमार चौधरी, सदस्यहरुमा पर्वती कुमारी चौधरी, पर्वती कुमारी चौधरी, आशा चौधरी, ललिता कुमारी धामी श्रीमती सुनिता चौधरी, श्रीमती कन्चन चौधरी, श्रीमती गिता कुमारी चौधरी, श्रीमती हिरा कुमारी चौधरी, श्रीमती बिनिता कुमारी चौधरी, श्रीमती रुबिना चौधरी, श्रीमती बबीता कुमारी महतो, श्रीमती रबिना महतो, श्री राज कमल चौधरी, श्री बिरेन्द्र प्रसाद चौधरी श्री अर्जुन प्रसाद शाह (मानर्थ्), श्री मनोज कुमार चौधरी , श्री जगदिश नारायण चौधरी श्री नविन चौधरी, श्री पुलकित चौधरी, श्री रघुनन्दन चौधरी, श्री जयदेव चौधरी श्री दिनेश कुमार चौधरी (क),श्री दिनेश कुमार चौधरी (ख), श्री राम तिलक चौधरी, श्री निर्मल कुमार थारु, श्री हरेराम चौधरी, श्री शत्रुधन चौधरी श्री हेम नारायण चौधरीश्री सुर्य प्रसाद चौधरी श्री गोबिन्द चौधरी, श्री राम चारण चौधरी, श्री गोबिन्द चौधरी (ख), श्री तारानन्द चौधरी श्री फुलचन्द चौधरी, श्री बलिराम चौधरी, श्री रंजीत कुमार चौधरी, श्री इन्दल चौधरी श्री सोमित चौधरी, श्री शुरेश कुमार चौधरी, श्री बिरेन्द्र कुमार चौधरी, श्री दिप नारायण चौधरी, श्री बिमल कुमार चौधरी, श्री पशुपती चौधरी, श्री रामध्यान चौधरी, श्री छेदी चौधरी श्री निरोज चौधरी, श्री संजीव कुमार चौधरी, श्री श्यामा नन्दन प्रसाद चौधरी, श्री देव कुमार चौधरी, श्री नगेन चौधरी, श्री सोमित चौधरी, श्री दिप नारायण चौधरी, श्री गौरव कुमार चौधरी, श्री सुरेन्द्र कुमार चौधरी, श्री श्याम कुमार चौधरी, श्री गंगा नारायण चौधरी, श्री बिरेन्द्र कुमार चौधरी, श्री महेश कुमार चौधरी, श्री रघुनन्दन चौधरी, श्री दीपेन्द्र चौधरी, श्री सवनम कुमार चौधरी, श्री दिल कुमार चौधरी, श्री सुन्दर चौधरी, श्री सन्जय चौधरी, श्री रन्जित चौधरी, श्री कल्कतु चौधरी, श्री मोह नारायण चौधरी लगायत सम्पूर्ण नव निर्वचित सदस्यहरुको नमावोली घोषणा गरी शपथ ग्रहण कार्यक्रम सकिए लगतै “माघी पर्व – थारु संवत २६४७ तथा सातौ अधिवेशन” समापन गरिएको थियो ।
Discussion about this post