नवलपुरकाे कावासोती नगरपालिका-१७ अमलटारीमा अमलटारी सामुदायिक हाेमस्टे संचालनमा आएको छ । एक औपचारिक कार्यक्रम गरी हाेमस्टे सञ्चालनमा ल्याइएको हाे ।
पर्यटन क्षेत्रमा विकास हुदै र दोश्रो सौराहाकाे रुपमा परिचित रहेकाे कावासाेतीकाे अमलटारी क्षेत्रकाे अमलटारी गाउँमा हाेमस्टे सञ्चालनमा आएकाे हाे ।
स्थानिय समुदायको जिविकाेपार्जन माथि उकास्न र पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाेमस्टे सञ्चालनमा ल्याएको अमलटारी सामुदायिक हाेमस्टे व्यवस्थापन समितिका अध्यक्ष भिमनाथ थारुले बताउनुभयो ।
अमलटारीका ११ घर धुरीले सञ्चालनमा ल्याएकाे हाेमस्टेकाे मुख्य आकर्षण स्थानिय समुदाय थारु र कुमालको खाना, सांस्कृतिक तथा नाच, भेषभुषा रहेकाे छ । यस्तै वाइडलाफ तिर बाेटिङ्ग, जंगल सफारी, बर्ड वाचिङ्ग, जंगल वाक रहेकाे छ ।
होमस्टे एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रेम शंकर मर्दनियाले औपचारिकरुपमा उद्घाटन गर्नु भएकाे हाे ।
Discussion about this post