नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसंग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउँने नीति लिएको बताउनु भएको छ ।
आज राजधानीमा भएको पार्टी केन्द्रीय परिषद् बैठकलाई संवोधन गर्नुहुँदै अध्यक्ष नेपालले गठबन्धन भित्रखेल्न खोजेको आरोप लगाउनु भएको हो ।
“नेकपा (एमाले) ले गठबन्धनमा रहेका दलहरुसंग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउँने नीति लिएको थियो । राष्ट्रिय सभाको उक्त निर्वाचनमा गठबन्धनसंग सहकार्यका लागि एमालेले वार्ता, छलफल र सम्बाद गरे पनि सहमति हुनसकेन । सत्ता गठबन्धनका दलहरु एकजुट भएरउभिन पुगेपछी नेकपा (एमाले) को प्रयत्न असफल भयो । त्यस्तो अवस्थामा नेकपा (एमाले) लेराप्रपासंग गठबन्धन गर्न पुगेको थियो । यस परिणामले कोशी प्रदेशमा १ सिट जितेर यो निर्वाचनमा नेकपा (एमाले) शून्य हुनबाट जोगिन पुगेको छ” नेपालले भन्नु भयो ।
राष्ट्रिय सभाको निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रसिबको विषय गठबन्धनका दलहरुभित्र मात्र होइन हरेक दलभित्र छलफलको विषय बन्न पुगेको नेपालले बताउनु भयो ।
सरकारले जनपक्षीय कामहरु गर्न प्रयास गर्दा गर्दै पनि जनताको निरासा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नामममा विभिन्न गतिविधिहरु संचालन गरी राजनीतिक अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव खलबलाउने कोशिस भईरहेको उहाँको भनाइ छ ।
Discussion about this post