डा.बाबुराम भट्टाराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक यही माघ २० गते काठमाडौँमा सम्पन्न भएको छ । बैठक ८ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्र संगको एकताको विषयमा छलफल भएको थियो । छलफलले माओवादी केन्द्र संग एकता गर्न नसकिने निस्कर्ष निकालेको हो ।
बैठकले शान्ति प्रक्रियाको बाँकी काम सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगबाटै यथाशीध्र टुंग्याउनुपर्ने बताएको छ ।
बैठकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संविधान संशोधनको विषयमा छलफल भएको छ । थारु, मधेश, आदिवासी जनजाति आन्दोलनको बिषय र संविधान संसोधनको विषयमा छलफल भएको थियो ।
त्यसैगरी बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या, भ्रष्टाचार नियन्त्रणका विषयमा पनि छलफल भएको छ ।
नेसपाले विचार र एजेन्डा मिल्ने दलहरूसँग संवादलाई निरन्तरता दिने विषयमा पनि छलफल गरेको छ ।
८ बुँदे समसामयिक प्रस्ताव
Discussion about this post