सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा आज पदाधिकारी सिफारिस हुनेभएका छन् ।दुवै आयोगमा पदपूर्तिका लागि गत साता सार्वजनिक भएका नामबाट पदाधिकारी सिफारिस हुने भएका हुन् । नाम सिफारिस गर्न पदाधिकारी सिफारिस समितिको बैठक बोलाइएको छ ।
यता, समितिले दलिय भागवण्डा हुने गरी पदाधिकारी नियुक्तीका लागि सिफारिस गरेमा सो प्रक्रियाबाट अलग हुने राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोग समितिमा पदेन सदस्यका रुपमा उम्मेदवार छनौट प्रक्रियामा संलग्न छ ।
Discussion about this post