• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, February 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

भोलिबाट पूनः आन्दोलन सुरु गर्छौं : अध्यक्ष सिंह

EASYKHABAR EASYKHABAR
November 23, 2019
Uncategorized
A A
0
1
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पूनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारेका छन् छन् । आफूहरुको माग पूरा गर्नतर्फ सरकार जिम्मेवारी नभएको उनको गुनासो छ ।

अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले गरेका काम समयमै सम्पन्न नहुनु र गुणस्तर नहुनुमा आफूहरुको मात्रै दोष नभएको स्पष्ट पारेका छन् । उनले भने,‘निर्माण कार्य टेण्डर गर्नुभन्दा अगाडि गर्नुपर्ने कार्यमा त्रुटि भएको हुँदा धेरैजसो निर्माण कार्य समयमै सम्पन्न हुन सकेका छैनन् । सबैभन्दा पहिलो कारण त सरकारले कुनैपनि निर्माण कार्य टेण्डर आह्वान गरेपछि त्यसको स्रोतको सुनिश्चितता नभईकन आह्वान गर्ने, त्यसपछि आफ्नो जिम्मेवारी त्यतिकैमा सिमित राखेको कारणले गर्दा धेरैजसो कामहरु समयमै सम्पन्न हुँदैनन् ।’बजेटअनुसारको निर्माण कार्यको एस्टिमिट कार्य हुँदाखेरि समयमै काम सम्पन्न भएको उनको भनाई छ । उनले भने,‘सरकारले यसतर्फपनि ध्यान दिनुपर्छ । सार्वजनिक खरिद नियामावली छैटौं संशोधनले धेरै कुरा समेटेको छ । तर, संशोधनका कतिपय बुँदाहरु जस्तो कुनैपनि निर्माण कार्यको समयावधि त्यसको मूल समायवधिको ५० प्रतिशत भन्दा वृद्धि गर्न पाईँदैन् भनेर उल्लेख गरिएको छ । त्यही कारणले गर्दा अहिले सुचारु भैरहेका अधिकांश निर्माण कार्यहरु बन्द भैरहेका छन्।’

अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावालीको छैटौं संशोधन ल्याउने बेलामा निर्माणसँग सम्बन्धित कुनैपनि निकाय र सरोकारवालाहरुसँग छलफल तथा सहमति नगरिएको गुनासो पोखे । उनले भने,‘सरकारले आफैंले ल्याएको छैटौं संशोधनका कारण मुलुकभरिका निर्माण कार्य ठप्प भएका छन् ।’

उनले सार्वजनिक खरिद नियमावली पटक–पटक संशोधन हुँदै आएपनि व्यवसायीको माग सम्बोधन नभएको कारण महासंघले पूनः आन्दोलन गर्ने भएको स्पष्ट पारे । सिंहले सरोकार भएका निकायबाट व्यवसायीको माग सम्बोधन नभएकाले आन्दोलनमा जान बाध्य हुनुपरेको बताए ।

उनले भने,‘गत साउन १६ गते नेपाल राजपत्रमा तेस्रो पटक संशोधन गरी प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ मा केही सकारात्मक प्रावधान रहेतापनि तिनको कार्यान्वयन नभएको महासंघको ठहर छ । विशेषगरी म्याद थप तथा बैंक क्रेडिट लाइनमा देखिएको समस्याका कारण समग्र निर्माण क्षेत्र प्रभावित हुँदा देशको अर्थतन्त्रमा नै समस्या देखिएको छ ।’

उनकाअनुसार निर्माण परियोजना समयमै नसकिनुमा निर्माण व्यवसायीको भन्दा पनि नियमनकारी निकायको बढी दोष रहेको छ । उनले भने,‘यही कारणले गर्दा हामी निर्माण व्यवसायीहरु अहिले पनि समस्या झेल्न बाध्य छौं ।’

उनले सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ मा म्याद थपको स्पष्ट व्यवस्था हुँदा हुँदैपनि कार्यान्वयन नहुँदा राज्यलाई नै ठूलो घाटा भइरहेको बताए । आफूहरुले हिजोमात्रै पनि यी सबै मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा ज्ञापन पत्र बुझाएको सिंहले स्पष्ट पारे ।

उनले निर्माण कार्य समयमै सम्पन्न नहुनुमा निर्माण व्यवसायीहरुमात्रै दोषी नभएको बताउँदै यसमा काम लगाउने निकायपनि दोषी हुने बताए । उनले भने,‘दुवै पक्षले कार्यान्वयनको लागि गम्भिर बन्नुपर्छ । तर, बाहिर निर्माण व्यवसायीलाई मात्रै दोष देखाउने गरिन्छ ।’ उनले २२ मिटरको सडक बनाउने सम्झौतामा सोहीअनुसारको कार्यान्वयन गर्न कठिन रहेको जटिल अवस्था सुनाए । उनले भने,‘सरकारसँग २२ मिटरको सडक बनाउने सम्झौता हुन्छ, तर त्यतिनै मिटरमा सडक बनाउन कठिन छ । अधिकांश काम अन्तरमन्त्रालय र अन्तरनिकायबीच समन्वय नभएको छैन् । त्यही भएर समयमै निर्माण कार्य सम्पन्न नभएको हो ।’

२०७१ सालमा भएको सम्झौताअनुसार २४ मिटरको सडक बनाउने कुरामा कतिपय सडक निर्माण भैनसक्नुमा सडक खाली गराउन नसक्नुपनि एउटा कारण भएको उनले उल्लेख गरे । तर, अहिले २०७६ मा बल्ल आफूहरुलाई काम गर्ने बाटो खुलेको उनको भनाई छ । उनले भने,‘अहिलेृ आएर १६ मिटर भएको ठाउँमा १६ मिटर, १८ मिटर भएको ठाउँमा १८ मिटर, २० मिटर भएको ठाउँमा २० मिटर र २१ मिटर भएको ठाउँमा २१ ीमटरमै सडक बनाउन भनिएको छ ।’ राईट–वे खाली नभईकन र बजेट पास नभईकन काम नथाल्नु भन्ने कुरा अत्यन्तै सकारात्मक रहेको उनको भनाई छ ।

नेपालमा सुशासनको कमीले पनि कतिपय निर्माणसम्बन्धी काममा अवरोधको सामना गर्नुपरेको पनि उनले गुनासो पोखे । समयमै काम नगर्ने निर्माण व्यवसयाीहरुको फोटो टाँसेर विरोध गर्दा व्यवसायीहरुको मानमर्दन भएको भन्दै उनले आपत्ति जनाए । उनले सरकारले ल्याएका ऐन, कानूनहरुको पूर्ण कार्यान्वयन गर्न आफूहरु सकारात्मक रहेको बताउँदै कर्मचारीहरुबाट हुने ढिलासुस्तीले काममा अवरोध सिर्जना गरेको टिप्पणी गरे ।

उनले २० करोडको ठेक्का परियोजना लिँदा सरकारबाट ५०–६० लाखमात्रै भुक्तानी गरिने हुँदा निर्माण कार्य सम्पन्न हुन धेरै समय लाग्ने गरेको सुनाए । उनले भने,‘भुक्तानीकै कारणले गर्दा एक वर्षमा हुनुपर्ने काम पाँच वर्षसम्म सम्पन्न भएका छैनन् ।

आफूहरुले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको उनले सुनाए । सिंहले भने,‘सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवसँग हाम्रो सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको छ, नवनियुक्त मन्त्रीज्यूसँगपनि हिजो भेटवार्ता गर्यौं । उहाँले भौतिक पूर्वाधारमैत्री ऐन, कानूनी ल्याउँछु भन्नुभएको छ ।’

उनले आफूहरु गत जेठ १६ गतेदेखि आन्दोलित रहेको जनाए । निर्माण व्यवसायी आन्दोलित हुँदा अहिले डण्डी, सिमेन्ट उद्योग मृत्त अवस्थामा रहेको पनि उनले सुनाए । उनले भने,‘अहिले काम गर्ने सिजन हो । म्याद थप भएन । २ हजारभन्दा बढि आयोजनाहरुको भविष्य अन्यौलमा छन् । बैंकिङ तरलता छन् । निर्माण उद्योग ठप्प छ । अहिले हामीले स्थगित गरेको आन्दोलन पूनः सुरु गर्दैछौं ।’

शेयर 1Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

जनताको ज्यानको रक्षा, प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री राउत

जनताको ज्यानको रक्षा, प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री राउत

August 27, 2020
कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

May 5, 2020
द्वन्द्वकालीन आयोगमा आज पदाधिकारी सिफारिस हुँदै

द्वन्द्वकालीन आयोगमा आज पदाधिकारी सिफारिस हुँदै

November 24, 2019
नेपालगञ्ज म्याराथनमा नेपाली सेनाको बर्चश्व

नेपालगञ्ज म्याराथनमा नेपाली सेनाको बर्चश्व

November 23, 2019
घरमै करेसाबारी, आफ्नै उत्पादनको सागसब्जी

घरमै करेसाबारी, आफ्नै उत्पादनको सागसब्जी

November 23, 2019
महिलामन्त्रीको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

महिलामन्त्रीको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

November 22, 2019

राजधानीमा निर्माण व्यवसायीको विरोध प्रर्दशन

November 22, 2019
स्वतन्त्र र स्वच्छ निर्वाचन कसरी ?

स्वतन्त्र र स्वच्छ निर्वाचन कसरी ?

November 22, 2019
अर्कोमा जानुहोस्
उपनिर्वाचनमा खटिने स्वयंसेवक र सबै कर्मचारीका लागि बीमा गरियो

उपनिर्वाचनमा खटिने स्वयंसेवक र सबै कर्मचारीका लागि बीमा गरियो

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist