प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् ।
मन्त्रिपरिषद पुनर्गठनलाई लिएर बुधबार बिहान प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । छलफलमा नेकपाका महासचिव विष्णु पौडेल समेत सहभागी छन् ।
मन्त्रिपरिषदमा थपिने र बाहिरिने मन्त्रीहरुको टुङ्गो लगाउन प्रधानमन्त्री र दाहालबीच बालुवाटारमा छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदबाट हटाउने र ल्याउने व्यक्तिबारे निर्णायक छलफल हुँदैछ ।
नयाँ मन्त्रीबारे बालुवाटारमा सहमति जुटेपछि आजै ओली र प्रचण्ड शीतलनिवास पुगेर मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउने बताइएको छ ।
आज दिउँसो साढे १२ बजे नेकपाको सचिवालय बैठक बस्दै छ । उक्क बैठकले ओली र दाहालबीच हुने सहमतिलाई अनुमोदन गर्ने जनाइएको छ ।
Discussion about this post