मलेसियाको वाई. एच.आई.म्यानुफ्याक्चरीङ कम्पनी मल्लाकामा काम गर्ने क्रममा नोभेम्बर २६ तारीख राति मेसिनले च्यापिएर दुर्घटनामा परि दायाँ हात गुमाएका दिपक शाह तेलीको स्वस्थ्यमा क्रमशः सुधार भईरहेको छ ।
दिपक अहिले उठबस गर्न, दिसापिसाब जान र खाना खान सक्ने भएको छ । उनको उपचारमा कम्पनीले नै सबै खर्च बेहोरिरहेको र हेरचाहरको लागि दैनिक एक जनालाई खटाएको उनका सहकर्मी सुर्य घर्तिले जानकारी दिए ।

घटना भएको भोलि पल्ट नै घटनाको बारेमा नेपाली सञ्चार माध्यमहरुमा समाचार प्रकाशित भएपछि भाईरल भएको उक्त घटना बारे बुझ्न नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढा घटना स्थल पुगि घाईते भएका दिपक ,वाई एच आई कम्पनीको एचआर र उपचारमा संलग्न डक्टरसंग भेटेका थिए ।
घाईतेको लागि राहत तथा सुबिधाको बिषयमा दुतावासको तर्फबाट प्रस्ताव गरे पनि उक्त कम्पनीको डाईरेक्टर सिंगापुरमा रहेकोले डाइरेक्टर आए पछि फेरी काम्पनि र नेपाली दुतावास बिच बैठक हुने छ । यसै क्रममा कम्पनीको काम गर्ने स्थान तथा बस्ने होस्टेलको पनि निरिक्षण गर्दा सबै ठाउ सामान्य नै रहेको जनसम्पर्क अधिकृत बुढाले जानकारी दिए ।

दिपकले उक्त कम्पनीमा ३ बर्षे करार अबधि भन्दा ६ महिना बढि काम गरेको भए पनि नेपाल सरकारको नियम अनुसार ४ बर्ष सम्मको बिमा करार अबधि रहने भएकोले उनले नेपालमा पनि बिमा बाफतको रकाम पाउने छ । साथै कम्पनीबाट पाउने सुबिधा र राहतको बिषयमा दुतावासले पहल गरिरहेको र कम्पनी त्येस बिषयमा सकारात्मक रहेको पनि नेपाली राजदुतावास मलेसियाका उपनियोग प्रमुख (DCM) मोति बहादुर श्रीश मगरले बताउनु भयो ।
Discussion about this post