दिनप्रतिदिन थारु समुदायका युवा, युवतीहरुको आकर्षण मोडलिङ, गायक, गायिकाको क्षेत्रमा बढ्दो क्रममा छ । बिहान बिहानै उदाउँने सुर्यको किरण जस्तै मोडलिङमा उदाइदै गरेकी कैलाली कि नयाँ नाम हो ” महिमा कुश्मी “। हालसम्म उनले तीन वटा थारु गित र दुई वटा नेपाली लोकदोहोरी गितको म्युजिक भिडियोमा काम गरि सकेकी छिन ।
कुश्मिको भनाई अनुसार अब चाडै दुई वटा म्युजिक भिडियो युट्युबमा आउने तयारीमा रहेको छ । मोडेल बन्न सजिलो छैन तर पनि संघर्ष गर्दैछु , मेहनत गरेर निरन्तरता दिए सफलता ढिलो चाडो पाईन्छ नै भनेर मोडेल कुश्मि संगको कुराकानीमा बताइन्। मोडलिङ्ग क्षेत्रमा आउदा आफ्नो आमा,बुवा लगायत घर परिवारको सहयोग र साथ रहेकोले त्यसमा आफु एकदमै खुशी रहेको र काम गर्न अझ सजिलो भएको कुश्मिले बताइन् ।
Discussion about this post