सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिबार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । पार्टीले राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको हो ।
सीके राउतले आमसभामा सहभागी गराउनका लागि तराई मधेशबाट आफ्ना कार्यकर्ता उतारेका छन् ।जारी आमसभामा प्रमुख वक्ताका रुपमा सिके राउत रहेका छन् ।
मधेशीलगायतका समुदायमाथि रङ्गको आधारमा हुने विभेदलाई रङ्गभेद भन्दै अध्यक्ष राउतले त्यसको विरोधमा काठमाडौमा आमसभा गरेका छन् । हुन् ।
सो कार्यक्रममा सहभागिताका लागि विभिन्न स्थानबाट निकालिएको जुसुलका क्रममा सिके राउत समेत सहभागी थिए ।
‘रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको व्यानरसहितको र्याली कार्यक्रमस्थलमा पुगेको छ ।
Discussion about this post