थरुहट थरुवान राष्ट्रिय महिला सम्मेलनको बिषयमा पूर्वी नवलपरासीको डण्डामा आज छलफल भएकोछ । पुष १२ र १३ गते उदयपुरमा आयोजना हुने सम्मेलनमा जिल्लाको सहभागिता र आगामी रणनीति बारेमा छलफल भएको हो भनेर नेता भोज बहादुर चौधरीले इजीखबरलाई बताउनुभयो ।
बैठकमा कार्यक्रममा सहभागिताको बिषय र नवलपरासी जिल्लामा आन्दोलनलाई सशक्त बनाउने बिषयमा छलफल भएकोछ । उपस्थित नेताहरुले महिलाको नेतृत्व नवलपरासी जिल्लाले पाउनुपर्ने धारणा समेत बनेको बुझिएकोछ ।
सो कार्यक्रममा देशभरीबाट सयौंको संख्यामा महिला प्रतिनिधि सहभागी हुने जनाइएकोछ । सम्मेलनबाट महिलाका प्रतिनिधि चुनिने भएकोले देशभरिका महिला सहभागी हुनेमा बिश्वस्त रहेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य पिताम्बर महतोले बताउनुभयो ।
मोर्चाको केन्द्रीय कमाण्डर नेता लक्ष्मण थारु रहनुभएकोछ ।
Discussion about this post