• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, February 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

दिवा खाजाले विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि

EASYKHABAR EASYKHABAR
December 20, 2019
शिक्षा
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।

पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए । विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो ।पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका बालबालिका र कक्षा छोड्ने दोहो¥याउने विद्यार्थीलाई लक्षित गरी दिइने दिवा खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको कैलाश प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर सिहंले बताउनुभयो ।

उहाँले कक्षा १ देखि ५ सम्म सञ्चालन भएका १३४ आधारभूत विद्यालयका एक हजार ६१३ विद्यार्थी दिवा खाजा कार्यक्रममा सहभागी हुने गरेकोे जानकारी दिनुभयो । “गरिब परिवारका बालबालिकाका लागि यो कार्यक्रम प्रभावकारी भएको छ”, उहाँले भन्नुभयो, “यसले बालबालिकालाई विद्यालयमा नियमित गराउने गरेको छ ।”

विद्यालयमा दिवा खाजा सञ्चालन गरेपछि अभिभावकमा समेत बालबालिकालाई विद्यालय पठाउने उत्सुकता जागेको प्रअ सिंहको भनाइ छ । पौष्टिक तत्वसहितको खाजा खान पाएकोमा अभिभावकले खुशी व्यक्त गरेका छन् । घरका अभिभावक सबै खेतको काम गर्न जाने भएकाले विद्याललमै खाजा खुवाउने भएपछि ढुक्क हुने गरेको अभिभावक गोकर्ण देवकोटाले बताउनुभयो ।

प्राथमिक तहको विद्यालयमा हरेक वर्ष २०० भन्दा बढी विद्यार्थी भर्ना हुने गरेको विद्यालयले जनाएको छ । उच्च लेकाली भेगमा रहेको हिमाली गाउँपालिकाको हिमालभक्ति प्राथमिक विद्यालयमा ३२ बालबालिका दिवा खाजाले नियमित विद्यालयमा आउने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामाले बताउनुभयो ।

सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि विसं २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका निमित्त समन्वय एकाइ प्रमुख रमेश जनालले बताउनुभएको छ ।

उहाँले केही वर्ष पहिले दिवा खाजाको रुपमा सर्वोत्तम पीठोे खुवाउने गरेको र हाल विश्व खाद्य सङ्गठनको सहयोगमा भात दाल खुवाउने गरेको निमित्त प्रमुख जनालले बताउनुभयो । यहाँका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका विभिन्न प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ ।

सबै प्राथमिक विद्यालयमा दिवा खाजा सञ्चालन गरिएको खाद्यका लागि पौष्टिक आहार बाजुराका एकाइ प्रमुख विनोद ठाकुरले बताउनुभयो । दिवा खाजाबाट एक हजार ६१३ बालबालिका लाभान्वित भएको उहाँले बताउनुभयो । दिवा खाजा लागू भएका विद्यालयमा एकीकृत विकास समाज नेपाल (आइडीएस) ले सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।

सो कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइ, चर्पी भवन निर्माण तथा मर्मतसम्भार गर्दै आएको कार्यक्रमका जिल्ला संयोजक प्रेम खनालले बताउनुभयो । उहाँले विद्यार्थीलाई हात धुने, साबुन प्रयोगलगायत सरसफाइ सम्बन्धी जनचेतना जगाउने गरेको बताउनुभयो ।
उक्त कार्यक्रम बूढीगङ्गा नगरपालिकाबाहेक त्रिवेणी र बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, खप्तडछेडेदह र गौमुल गाउँपालिकाका प्राथमिक विद्यालयमा दिवा खाजा सञ्चालन हुँदै आएको छ ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

‘युवा स्वरोजगारको लागि प्रत्येक स्थानीय तहलाई एक करोड बजेट छुट्टयाउन माग’

‘युवा स्वरोजगारको लागि प्रत्येक स्थानीय तहलाई एक करोड बजेट छुट्टयाउन माग’

February 14, 2021
कक्षा ११ को परिक्षा आन्तरिक मूल्यांकनबाट गरिने

कक्षा १२ को नतिजा सार्वजनिक, रिजल्ट हेर्ने तरिका सहित

February 1, 2021
त्रिविको परीक्षा निर्धारित मितिमै सञ्चालन हुने

त्रिविमा नयाँ शैक्षिक सत्र, स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

February 1, 2021
त्रिविको परीक्षा निर्धारित मितिमै सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले भन्यो : अब नियमित कक्षा संचालन

December 1, 2020
त्रिविको परीक्षा अझै केही महिना नहुने

त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमितको छुट्टै परीक्षा लिने

November 19, 2020
सरकारी अधिकारीद्वारा स्पष्टोक्ति : यो वर्ष परीक्षा नभई मूल्याङ्कनबाट मात्र विद्यार्थीलाई कक्षा चढाइने

सरकारी अधिकारीद्वारा स्पष्टोक्ति : यो वर्ष परीक्षा नभई मूल्याङ्कनबाट मात्र विद्यार्थीलाई कक्षा चढाइने

October 14, 2020
दिल्लीका स्कुल अक्टोबर ३१ सम्मको लागि बन्द

दिल्लीका स्कुल अक्टोबर ३१ सम्मको लागि बन्द

October 5, 2020
त्रिविको परीक्षा निर्धारित मितिमै सञ्चालन हुने

परीक्षामा जुट्न थाले विश्वविद्यालय

September 22, 2020
अर्कोमा जानुहोस्
आज बसेको प्रतिनिधिसभा बैठकमा चार शोक प्रस्ताव पारित

आज बसेको प्रतिनिधिसभा बैठकमा चार शोक प्रस्ताव पारित

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist