नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।
मङ्सिर २९ गते सुरु भएर सात दिनसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा चलेको बैठकमा स्थायी कमिटीका सदस्यहरूले प्रतिवेदनमाथि व्यापक छलफल र विमर्श गर्नुभएको थियो । त्यसैगरी, महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाहरूको आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको छ ।
केन्द्रीय कमिटीको बैठक पुस २३ गतेदेखि काठमाडौंमा गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । केन्द्रीय कमिटीको बैठक अघि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी (आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसंगठन)का कामहरू पूरा गरिसक्न बैठकले निर्देशन दिएको बैठक पछि पर्टी प्रवत्ता नरायणकाजी श्रेष्ठद्वारा जरी विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post