• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट जिल्ला प्रहरी कार्यालय तेह्रथुमको भवन उद्‍घाटन

EASYKHABAR EASYKHABAR
December 16, 2019
समाचार
A A
0
14
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनहरुको सोमबार आयोजित एक समारोहबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त सबै भवनहरुको निरीक्षण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा कायम राख्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्लास्थित सबै २ नगरपालिका, ४ गाउँपालिका, जिल्ला शिक्षा समन्वय ईकाई तेह्रथुम, भवन निर्माण व्यवसायीलाई कदरपत्र तथा अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी र नागरिकबीच हातेमालो गरी नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै नागरिकको मन जित्ने गरी काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । नागरिकसँग सम्बन्धित कामलाई छिटो छरितो रुपमा सम्पन्न गर्न अझै सक्रिय रूपमा उत्रनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजमा हुने सबै किसिमका अपराध नियन्त्रण गर्न समुदाय-प्रहरी साझेदारी आवधारणा अनुरुप विभिन्न सचेतनामूलक कार्यक्रमकासाथ प्रहरीलाई सहयोग गर्न उहाँले समाजका सबै वर्गलाई आह्वान समेत गर्नुभयो । भवन निर्माण कार्य सन्तोषजनक रुपमा सम्पन्न गरेकोप्रति उहाँले सन्तोष प्रकट गर्नुभयो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै अपराध रोकथाम तथा नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको चर्चा गर्नुभयो ।

समारोहमा म्याङलुङ्ग नगरपालिकाका प्रमुख संजय कुमार तुम्वाहाम्फे, तेह्रथुम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भक्त बहादुर खड्का, जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख प्रेमलता गौतम घिमिरेले आ-आफ्नो मन्तव्य गर्दै प्रहरीले विगतका दिनहरुमा भवनको अभावले अत्यन्तै कष्टकर तवरले प्रहरी सेवा प्रदान गर्दै आएकोमा नवनिर्मित सुन्दर भवनबाट प्रहरीले गर्ने सम्पूर्ण सेवाहरु सुन्दर किसिमको हुने आपेक्षा राखिएको विचार व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक नविन किशोर प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल सरकारको नियमित बजेटमा निर्माण कार्य सम्पन्न भएका भवनमध्ये ३ तलाको कार्यालय भवनमा २७ कक्ष, २ तलाको ब्यारेक भवनमा १० कक्ष, १ तलाको मेश भवनमा ४ कोठा, १ तलाको कार्यालय प्रमुख निवासमा ४ कोठा रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञावालीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, महिला संजाल लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवार, स्थानीय भद्रभलादमी, समुदाय प्रहरी साझेदारी अन्तर्गतका पदाधिकारीहरु, स्थानीय संचारकर्मी र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रदेश सभासदहरु, पुर्व सांसदहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्रहरी परिवार, स्थानिय भद्रभलादमी, संचारकर्मीहरु समेतसँग भेटघाट गरी अन्तरक्रिया समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रम पश्चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुम तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।

शेयर 14Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
भिष्वामा सरसफाई सम्पन्न

भिष्वामा सरसफाई सम्पन्न

January 11, 2021
रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

January 3, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
अर्कोमा जानुहोस्

काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब हुँदै

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist