३औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत फुटबलतर्फको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदक जितेको छ।
योसँगै नेपालले चौथो पटक साग फुटबलको उपाधि जितेको हो।
अघिल्लो सागको विजेता टोली नेपाल आत्मविश्वासी टोलीका रूपमा मैदानमा उत्रिएको थियो।
सुरुमा नेपालले भुटानविरुद्ध अग्रता लिएको थियो।
खेलको १६ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल प्रहार गरेका थिए।
तर ३७ औँ मिनेटमा भुटानका च्येन्चो ग्याल्त्सेनले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
तर खेलको ५३ औँ मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरेका थिए।
८९ मिनेटमा पनि नेपाल गोलको नजिक पुगेको थियो।
९४ औँ मिनेटमा भुटानले राम्रो प्रहार गरेपनि नेपाली गोलरक्षकले जोगाएका थिए।
ठूलो सङ्ख्यामा उपस्थित समर्थकहरूले नेपाली टोलीको हौसला बढाएका थिए।
Discussion about this post