अफगानिस्तानमा एक यात्रुबाहक विमान दुर्घटना भएको छ ।
पूर्वी प्रान्त गजनीको देह याक जिल्लामा सोमबार स्थानीय समय अनुसार १ः३० बजे एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटना भएको हो ।
विमान दुर्घटना भएको क्षेत्र तालिवानको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दुर्घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ ।अफगानी समाचार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा ११० जना यात्रु सवार रहेका छन् । उक्त विमान हेरातबाट भारतको दिल्लीतर्फ आउने क्रममा दुर्घटना भएको बताइएको छ ।
तर विमानमा सवार र गन्तव्य स्थानबारे परस्पर विवरण बाहिर आएका छन् । स्थानीय समाचार अनुसार विमानमा ८० जना सवार रहेको बताइएको छ ।
स्थानीय समाचार माध्यम अनुसार दुर्घटनास्थलमा तालिवानमा सदस्य रहेको बताएका छन् । अफगान सुरक्षाकर्मी उक्त क्षेत्रतर्फ पठाइएको समाचारमा उल्लेख छ ।
Discussion about this post