• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, February 25, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

मन्त्री भट्टको आश्वासनमा उखु किसान घर फर्किन तयार

माघ ६ गतेभित्रै उखु किसानहरुको भुक्तानी दिलाउने आश्वासन

EASYKHABAR EASYKHABAR
January 3, 2020
देश, मुख्य समाचार
A A
0
11
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ । म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराईसकिने विश्वास दिलाएका हुन् । उनले भने,‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाईदिने प्रतिबद्धता व्यक्त गर्दर्छु । सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ ।’

उनकाअनुसार १३ वटामध्ये ३ वटा चीनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ । उनले भने,‘उखु किसानहरुको माग र समस्याको दिर्घकालिन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं । र त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ । त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं । अब उखु किसानहरुलाई दिईने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’

उनले आफूहरुले उखु किसानहरुको मागलाई गम्भिरतापूर्वक लिएको सुनाउँदै किसानको समस्या समाधान गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए । उनले भने,‘अब शंका उत्पन्न गर्न दिन्नौं ।’ उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चीनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए ।

मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चीनी चाहिने आवश्यकत्ता औंल्याए । उनले भने,‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । हामीलाई अझै ६५ हजार अभाव छ । सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ ।’

कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए । उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् ।

मिश्रले अघि थपे,‘मिडियाकै कारण हाम्रो आन्दोलन सफल हुन मद्दत पुग्यो । खासगरी प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमले हाम्रा माग पूरा गराउनको लागि ठूलो भूमिका खेलेको छ । कतिसम्म भने हाम्रो तराईका विभिन्न गाउँघरमा उहाँको कार्यक्रम ठूलो पर्दामा राखेर हेर्ने गरेका छौं । उहाँको कार्यक्रमले गर्दा आज हाम्रो माग पूरा भएको छ ।’

कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे ।

उनले भने,‘सरकारी पक्षबाट हामीले धेरैपटक धोका खायौं । तल्लो तहमा रहेका सरकारी निकायबाट हाम्रा मागप्रति कुनै सुनुवाई भएन । अहिले मन्त्रीज्यूले भनेको कुरामा हामी विश्वस्त छौं । सरकारले भनेको कुरामा विश्वास छ । तर, लिखित प्रतिबद्धता आउनुपर्यो । मन्त्रीज्यूले क्लबको यो साक्षात्कारमा हाम्रो माग पूरा गर्न लिखित प्रतिबद्धता जनाउने कुरा गर्नुभयो । हामी खुशी छौं ।’

अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे । उनले भने,‘मैले तीन वर्षदेखि तीन लाख लिनुपरेको छ । तर, यो बीचमा मैले आफ्नो स्वास्थ्योपचारदेखि अन्य धेरै समस्याको समाधान ऋण मागेर गर्नुपरेको छ । अब ऋणको ब्याज तिर्दा म त धेरै ठूलो मारमा पर्छु नि ।’

शेयर 11Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, एक प्रहरी अधिकारीको मृत्यु

February 22, 2021
कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

February 21, 2021
महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

February 16, 2021
राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको छ : सिपी गजुरेल

राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको छ : सिपी गजुरेल

February 16, 2021
फेसबुकबाट आपत्तिजनक सामग्री हटाउन दबाब

फेसबुक रोक्न नयाँ निर्देशिका जारि गर्दै सरकार

February 10, 2021

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जादैं

February 9, 2021

फुल्चोकी हिउँ खेल्न जाँदा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्धार

February 9, 2021
भारतले कोरोनाको १० लाख खोप दियो

भारतले दिएको कोरोना विरुद्धको खोप बाँकी रह्यो, दोश्रो चरणमा प्रयोग गरिने

February 4, 2021
अर्कोमा जानुहोस्

थारु महिला उत्थान समाजको तेस्रो बार्षिक साधारण सभा सम्पन्न;अध्यक्षमा सिता थरुनी

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist