क्वालालम्पुर (मलेसिया)। मलेसियामा चाइनिज नयाँ बर्षको अवसर पारेर नेपालका चर्चित कलाकारसहितको आयोजना गरिएको १३ औं रिमिक्स धमाका मंगलबार भब्यताको साथ सम्पन्न भएको छ।
मंगलबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजित भव्य कार्यक्रमसँगै धमाका सम्पन्न भएको हो । उल्लेखनीय रुपमा दर्शक,क्ष्रोताको सहभागिता रहेको उक्त कार्यक्रको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र एनआरएनए एसिया प्यासिफिक सह-संयोजक खगेन्द्र न्यौपानेले संयुक्त रुपमा दीप प्रज्जवलन गरि गरेका थिए ।
गत २६ जनवरीमा पञ्चोर बातुपहाडमा भब्यरूपमा कार्यक्रम सम्पन्न भैईसकेको थियो भने २७ मा जोहोरबारु चेम्बरल्याङ भन्ने ठाउँमा र २८ जनवरी रातीमा डिनर सहितको भिआईपी कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको हो।
रिमिक्स धमाकाले विगत २००७ देखि मलेसियाका विभिन्न शहर र स्थानहरुमा रहेका नेपालीलाई नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिंदैे आइरहेको छ । विगत मलेसियामा १२ वटा रिमिक्स धमाका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि सकेको र यो वर्ष १३औं रिमिक्स धमाका गरेर यो बर्ष मलेसियामा रहेका नेपालीलाई भरपुर मनारेरञ्जन प्रदान गरेको थियो ।
आयोजक राजेश क्ष्रेष्ठले बताए अनुसार सबै कलाकारहरूको सुन्दर प्रस्तुतीले उपस्थित सबै नेपालीले भरपुर मनोरन्जन लिन पाएका थिए भने समावेशी हिसावले कलाकारहरुलाई निमन्त्रणा गरिएको थियो । जसमा स्टेज सो किङ्ग प्रमोद खरेल, लोकदोहोरी गायक रामजी खाँड, नायिका,डान्सर एलिना रायमाझी,रकपप गायक बिबेक लामा र चर्चित हट एण्ड सेक्सी थारु, भोजपुरी,मैथिली गायिका तथा मोडल अन्जु कुश्मी (फुलकुमारी) गरि ५ जना कलाकारहरको बेजोड प्रस्तुती रहेको थियो । साथै स्थानीय कलाकारहरुको पनि सक्रिय सहभागिताको थियो।
समापन कार्यक्रममा नेपाल बाट पाल्नु भएका कलाकारलाई सम्मानपत्र सहित खादा,दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
Discussion about this post