नेपाली काङ्ग्रेसको पेशागत संगठन प्रजातन्त्रबादी प्राध्यापक संघ तीन नम्बर प्रदेशले संचालन गरेको एक हप्ते तथ्य विश्लेषण कार्यक्रम उद्घाटनमा मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयका रजिस्ट्रार डा.महेन्द्र कुमार मल्लले सरकार अधिनायकवादको दिशामा लागेको आरोप लगाएका छन् । बौद्धिक ब्यक्तिहरुले सरकारले ल्याएका विधेकहरुले लोकतन्त्र माथी गम्भीर समस्या पैदा गर्ने भएको कारण आम नागरिकलाई सुसूचित पार्नुपर्ने राय व्यक्त गरेका छन् ।
लोकतान्त्रिकका लागी लडेका राजनैतिक दलहरूले फेरि निरंकुशता तर्फ उन्मुख हुँदै त्रासदीपुर्ण इतिहास दोहोराउनु आफैले नेतृत्व गरेका राजनैतिक आन्दोलन, आम नागरिकको त्याग र बलिदान बिपरित हुने उनले जिकिर गरे।
बुधबार देखि चितवनको रामपुरमा शुरु भएको तथ्य विश्लेषण प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का विभिन्न क्याम्पसहरु बाट १८ जनाले तालीम प्राप्त गर्नेछन् ।
प्रजातन्त्रबादी प्राध्यापक संघका केन्द्रिय अध्यक्ष जगत तिमिल्सिनाले बिश्वबिद्धालयमा पदाधिकारी नियुक्ति गर्दा सबैलाई संतुलन हुनेगरी कदम चाल्न सरकार सङ आग्रह गरेका छन् ।
Discussion about this post