कैलाली क्षेत्र नम्बर १ बाट भारी मतान्तरले बिजयी भएका संघीय संसद सदस्य रेशमलाल चौधरीले तत्कालिन सभामुख कृष्ण बहादुर महराबाट सपथ लिएको एक बर्ष पुरा भएकोछ । २०७५ साल पुष १९ मा चौधरीले पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए ।
सपथग्रहण लिएको एक बर्ष पुरा भएतापनि उहाँले सांसदको हैसियत पाउनुभएको छैन । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट/थारुवान आन्दोलनको क्रममा ८ जनाको ज्यान गएको थियो त्यस घटना चौधरीले घटाएको भन्दै उहाँलाई सर्वस्व सहित जन्म कैदको फैसला अदालतले गरेको छ ।
जेलमै रहेकै समयमै उहाँलाई गतबर्ष सिंहदरबारमा महराले सपथग्रहण गराउनुभएको थियो । जनताले निर्वाचन मार्फत आफ्नो प्रतिनिधि चुनेर उहाँलाई पठाएता पनि उहाँले जनप्रतिनिधिको रुपमा काम गर्ने अवशर पाउनुभएको छैन ।
ठोस प्रमाण बिना पक्राउ गरिएको भन्दै देश, बिदेशमा सरकारले चर्को दबाब सामना गर्नुपरेको छ भने नागरिक समाजका अगुवाले जात, धर्मको आधारमा देशका नागरिक माथि विभेद हुने गरेको बेलाबेलामा भन्ने गरेको छ ।
यता लाल आयोगको प्रतिबेदनमा रेशम चौधरी अन्यायमा परेको बताएकोछ । तराई/ मधेश घटनाको छानबिनको लागि गठित समितिले सरकारलाई प्रतिबेदन पेश गरेतापनि अहिलेसम्म बाहिर ल्याउन नसक्नु शंकाको विषय रहेको जानकारवाला बताउने गरेका छन् ।
यसरी जनताबाट निर्वाचित प्रतिनिधिलाई जेलमा राख्नु लोकतन्त्रको उपहास भएको समेत सरोकारवाला बताउने गरेका छन् ।
थारु समुदायले यस घटनालाई थारु जाति प्रतिको विभेद रहेको बताएको छ भने थारु आन्दोलन थप सशक्त बनाउन लक्ष्मण थारुको नेतृत्वमा थरुहट/थारुवान मोर्चा गठन गरी तयारी थालिएकोछ ।
Discussion about this post