जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन हिंसाको आरोप लागेका महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिन ठहर गर्दै सो फैसला गरेको जिल्ला अदालत स्रोतले जनाएको छ । फैसलाको आधिकारीक रुपमा जानकारी गराउन बाँकी छ ।आइतबार दुबै पक्षका कानुन व्यबसायीबाट बहस सकिए पनि समय अभावका कारण उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लव मैनाली, दिनमणी पोखरेल, डा.भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । विगत तीन महिना देखि महरा पूर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए।
Discussion about this post