बनेपा:= सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै जाति, भाषा, धर्म र संस्कृतिको अन्तरघुलनबाट सांस्कृतिक पहिचानलाई फैलाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल तामाङ घेदुङ पाँचखाल नगरपालिका–१ वडा समितिको आयोजनामा पाँचखाल नगरपालिका–१ अनैकोटमा आज भएको २८५६औँ जिवा सोनाम ल्होछारका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले मिश्रित बस्तीभित्र मिश्रित कुरा हुने भएकाले व्यापक अन्तरघुलनमा रहेको समाजलाई सम्मान गर्नुपर्ने बताए।
उनले देशव्यापी रुपमा रहेको विभिन्न जाति र समुदायको संस्कृतिलाई स्थापित गर्नुपर्ने र त्यसका लागि राजनीतिक बाटो खुलेको उल्लेख गरे । बुहजाति, बुहभाषिक भएको देशमा सबै जातिको पर्वलाई बिदा दिँदा १२५ दिन बिदा दिनुपर्ने अवस्था रहेकाले दसैंतिहार बहेक अरु चाडको बेला सबैलाई सङ्घीय सरकारले देशैभरी सार्वजनिक बिदा दिन सम्भव नहुने मन्त्री बाँस्कोटाले बताए ।
त्यसका लागि स्थानीय सरकारले आफ्नो भाषिक र सांस्कृतिक बाहुल्यता भएको ठाउँमा बिदाको घोषणा गरेर धुमधामसँग मनाउने उल्लेख गर्दै समाधान भइसकेको कुरालाई कोट्याइरहन आवश्यक नभएको मन्त्री बाँस्कोटाले बताए ।
Discussion about this post