नागरिक दैनिकमा आज प्रकाशित त्रिवि आवास–गृहमा अनियमित कब्जा शिर्षक समाचारले धेरैजनाको निद्रा हराम गरेको छ । त्रिवि क्वाटरमा गुण्डागर्दीको बलमा वर्षौंदेखि प्राध्यापक, कर्मचारीले बिभिन्न बहानामा कब्जा गरी बसेका छन् भने लाखौं तिर्नुपर्ने रकम अझै तिरेका छैनन् ।
यस बारेमा सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउंदा समेत कुनै सुनुवाई भएको छैन भनेर समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उप महासचिव तथा त्रिवि इकाई समितिका अध्यक्ष बलबहादुर रम्तेलले इजीखबरलाई बताउनुभयो । उहाँले हामीले सम्बधित निकायमा यसबारेमा पटकपटक जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको भन्दै उपकुलपति कार्यालयमा तालाबन्दी गरेको र केहिदिन पछि ७ बुंदे सहमति भएर तालाबन्दी खोलेको बताउनुभयो ।
यसैबीच, रम्तेलले प्रिन्सिपल कार्यालयले आवास–गृहहरूमा अनियमित तरिकाले बसोबास गरेका शिक्षक÷कर्मचारीहरू हटाई नियमसंगत तरिकाले आवास–गृह व्यवस्थापन गर्नुपर्ने बताए।
‘प्रिन्सिपल कार्यालयले मंसिर २५ गते युनियनसँग सहमति गरेर छिटोभन्दा छिटो अनियमित तरिकाले बसोबास गरेका आवास–गृहका व्यक्तिहरूलाई हटाएर नियमसंगत रूपमा सूचना प्रकाशन गरी प्रक्रियागत रूपमा राख्ने लिखित प्रतिबद्धता गरेको थियो,’ अध्यक्ष रम्तेलले भने, ‘यदि प्रिन्सिपल कार्यालयले कारबाही गर्न सकेन भने समाजवादी विद्यार्थी युनियनले अनियमित शिक्षक–कर्मचारीहरूलाई विश्वविद्यालयभित्र प्रवेशमा रोक्नेछ।’
समाजवादी विद्यार्थी युनियनले दिएको एक लिष्टमा ती गृहमा रहेका प्राध्यापक, कर्मचारीले लाखौं रकम तिर्नुपर्ने देखिएको छ भने निकै लामो समयदेखिको बख्यौता तिर्नुपर्ने गरी अनियमितता गरेको देखिन्छ ।
बिश्वबिद्यालय जस्तो गरिमामय ठाउँमा समेत यसरी भ्रष्ट्राचार मौलाउनु गम्भीर बिषय भएको भन्दै कडा संघर्ष गर्ने संगठनमा केन्द्रीय कोषाध्यक्ष ओम महतोले बताउनुभयो । हामी भ्रष्ट्राचारमा शुन्य सहनशिलता कायम गरेका छौँ त्यसकै प्रतिबिम्ब स्वरूप हाम्रो यो कदम हो उहाँले बताउनुभयो ।
त्रिवि आवास–गृहमा अनियमित बसोवास गर्ने
त्रिवि आवास–गृहमा अनियमित बसोवास गर्नेमा प्राडा रामकैलाश यादव तथा डाक्टर राजकुमार पोखरेल गरी दुई जना प्राध्यापक छन् भने १७ जना उपप्राध्यापकको बसाइ पनि अनियमित छ। ती उपप्राध्यापकहरूमा विष्णुबहादुर खत्री, चन्द्रकान्त सुवेदी, धीरजकेदार पाण्डे, रेशम थापा, छविलाल चिदी, सुभाषचन्द्र यादव, प्रेम बुढा, विकासकुमार श्रेष्ठ, योगेन्द्रप्रसाद दाहाल, डाक्टर खगराज शर्मा, प्रेम चलाउने, डाक्टर टीकाराम गौतम, डाक्टर साधना पन्त, प्रमोद ठाकुर, गणेशप्रसाद खनाल, जगदीश भट्ट र दावा शेर्पा रहेका छन्।
सिनियर अहेब शैलेन्द्रकुमार देव, सिनियर क्लिनिकल असिस्टेन्ट दीपेन्द्र ठाकुर, मुख्य कार्यालय सहायकहरू शिला बगाले, हरि पहारी उषा पुन, मञ्जुलाकुमारी यादव, अनिता सापकोटा, विजयकुमार घिमिरे, भन्डार पाल लक्ष्मी बस्नेत, शाखा अधिकृत चेतनाथ न्यौपाने र मिठाराम ढकाल पनि आवास–गृहका अनधिकृत प्रयोगकर्ता हुन्।
Discussion about this post