• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

दिल्लीमा भड्कयो धार्मिक हिँँसा/हिँँसामा परि कैयौं मृत्यु,घाइते।

RN CHAUDHARY RN CHAUDHARY
February 26, 2020
विश्व
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

नयाँ दिल्ली(भारत) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ दिल्लीमा रहँदा हिंसाले विद्रुप रुप लियो । मंगलबार साँझ जब हामी उत्तरी दिल्लीको हिंसाग्रस्त क्षेत्रमा रहेको भीडले घेरिएका थियौं, केही मानिसहरुले हाम्रो हातमा भएको मोबाइल फोन खोस्‍ने प्रयास गरे । किनकी हाम्रो फोनमा उत्तर दिल्लीमा भएका हिंसात्मक घटनाका रेकर्डहरु थिए ।

हामी हाम्रो फोन बचाउने कोशिस गरिरहेकै थयौं, त्यहीबेला हामीमाथि ढुंगा प्रहार भयो । त्यही समय हामीले गल्लीबाट एकजना व्यक्ति हातमा कपडा बाँधेर निस्किरहेको देख्यौं । प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिका हातमा गोली लागेको थियो । सडको अर्कोपट्टीमा रहेको घरको छतबाट कसैले उनीमाथि गोली चलाएको थियो ।
ती व्यक्ति निस्किएको गलीको बाटो हुँदै हामी बाहिर निस्किने कोशिस गरिरहेका थियौं तर गोल चलेपछि उक्त बाटो नै बन्द गरियो । बाटो बन्द भएपछि हामी सहयाक गली हुँदै बाहिर निस्किनेक्रममा एक अर्को भीडमा पुग्यौं, जहाँ मानिसहरु अलि कम आक्रोशित देखिन्थे । दिल्ललाई देखेर लाग्छ कि यो सहर वारुदको थुप्रोमाथि बसिरहेको छ ।

आगोलाई सुम्पिएको बजार :

मंगलबार बिहानै हामी दिल्लीको त्यस्तो इलाकामा गयौं, जहाँ धारा १४४ (दुई वा तीनभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने) लागु गरिएको थियो । यसै क्षेत्रमा मानिसहरुको एक हुलले सिंगो बजारमा नै आगजनी गरेको थियो । एक स्थानीयका अनुसार उक्त बजारमा मुसलमानहरुको बाहुल्यता थियो ।

जलिरहेको बजार र बलेका टायरको दुर्गन्ध टाढाटाढासम्म फैलिरहेको थियो । यो सबै स्थितिलाई हाम्रो क्यामरेमा रेकर्ड गर्न हामीलाई निकै सकस भयो । यस क्षेत्रभन्दा करिब ५०० मिटर टाढा केही युवहाहरु पसलमा ढुंगा प्रहार गरिरहेका थिए ।
हामीले उक्त भिडियो रेकर्ड गरेको देखेपछि उनीहरुले हामीमाथि ढुंगा बर्साउन सुरु गरे । हामी ओभरब्रिजमा भएका कारण निमेषभर हामी बच्यौं र त्यहाँबाट भाग्‍यौं ।

धार्मिक नाराको उद्घोष :

हामी हिंड्दै गर्दा बीच-बीचमा ‘जय श्री राम’ का नाराहरु लगाएको पनि सुनिएका थिए । कयौं क्षेत्रमा हामीले १००-२०० जनाको भीड जम्मा भएको देखियौं । उनीहरुमध्ये केहीले हातमा ‘तिरंगा’ लिएका थिए भने भगवानको तस्बिर अंकित झण्डा बोकेका थिए र केहीले ‘श्री राम, भारत माता की जय, बन्दे मातरम’ जस्ता नारा लगाइरहेका थिए । तीनै भिडमा केही व्यक्तिहरुले भने ‘देशका गद्दारलाई गोली हान….’ जस्ता नारासमेत लगाएको सुनिन्थे ।

त्यही केही मुस्लिम समुदायको बसोबास भएको क्षेत्रमा मुस्लिम युवाहरु उभिरहेका देखिन्थे । उनीहरु हातमा फलामका रड, डन्डाजस्ता सामग्री लिएर उभिरहेका थिए । दुबै पक्षले बताए अनुसार उनीहरुले हाम्रो क्षेत्रभन्दा बाहिर केही युवाहरुलाई तैनाथ गरेका छन् । ताकि अर्को समुदायले हमला गर्दा त्यसको प्रतिकार गर्न सकोस् ।
यी हिंसात्मक घटनामा केही मुसलमान समुदायका व्यक्तिको मृत्यु भएको हल्ला चलिरहेको थियो । कतिले हिन्दु घाइते भएको बताइरहेका थिए भने हिन्दुहरुका घर जलाउने कुरा गरिरहेका थिए । तर, कोही पनि यस्ता हल्लाको पुष्टि गर्न अथवा खण्डन गर्न तयार भएनन् ।

अटो चालक गुलशेरले भने, “यहाँ प्रशासन भन्‍ने कुनै चीज छैन । यस्तो लाग्छ कि सरकारले हामीलाई लड्‍न र मर्न खुला छोडेको छ ।”राजीब नगरका आवासीय  महासचिव इस्लमुद्दीनले भने, “केही बाहिरबाट आएका व्यक्तिहरुले हिन्दु र मसलमानबीच दरार पैदा गर्ने प्रयास गरिरहेका छन् ।”

सन् १९८४ को सिख दंगासँग तुलना :

इस्लामुद्दीन यस हिंसात्मक घटनालाई सन् १९८४ को सिख दंगाको घटनासँग तुलना गर्छन् । त्यस सयमा सिंगो दिल्लीमा व्यापारिक क्षेत्रमा हिंसात्मक घटना भएका थिए ।
इस्लामुद्दीनका अनुसार जब सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का नेता कपिल मिश्राले स्थिति भड्काउने भाषण गरेपछि उनकाविरुद्ध सही कदम उठाएको भए अहिलेको स्थिति नियन्त्रण बाहिर जाने थिएन ।

कपिल मिश्रा पहिले आम आदमी पार्टीका विधायक थिए । अहिले उनी बीजेपीका सदस्य छन् । उनले दिल्ली विधानसभा निर्वाचनका क्रममा दिल्लीको निर्वाचनलाई भारत-पाकिस्तानबीचको निर्वाचन भएको भाषण गरेका थिए । यसैकारण उनलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै सूचना जारि गरेको थियो ।

उनले आइतबार प्रहरीलाई चेतावनी दिँदै जफराबाद क्षेत्रका मुख्य सडक खाली गराउन चेतावनी दिएका थिए ।  मिश्राका यस्तै भाषणले दिल्ली हिंसा भड्किएको बताइएको छ । अहिलेसम्म पार्टी र प्रहरीका तर्फबाट मिश्रालाई अहिलेसम्म कुनै पनि कारबाही गरिएको छैन । मिश्राले भाषणमा भनेजस्तै सन्देश प्रवाह हुने किसिमले भीडका मानिसहरुमा पनि गफ गरिरहेका थिए ।

मंगलबार अबेर राति एक ट्विट गर्दै लेखेका छन्, “जाफरवाद पूरै खालि भइसकेको छ । दिल्ली दोस्रो शाहिन बाग बन्दैन ।” यसअघि उनले गरेको ट्विटमा लेखिएको थियो, “मलाई ज्यान मार्ने धम्की दिइएको छ । बन्द सडकलाई खुलाउन आह्वान गर्नु कुनै गल्ती होइन । नागरिक संशोधन कानुन (सीएए)को समर्थन गर्नु कुनै अपराध होइन ।

आशा अझै मरेको छैन :

एक रिटेल स्टोरमा काम गर्ने रोशनले मुस्लिम बाहुल्य क्षेत्र खजुरी कच्चीतर्फ इशारा गर्दै हामीलाई भने, “आगामी तीन दिनमा यो क्षेत्र ‘उनीहरुले’ खालि गराउनेछन् ।
सिभिल सर्भिसको तयारी गरिरहेका एक युवा पृथ्वीराजनले करिब ३०० मानिसहरु जम्मा भएको भीडतर्फ इशारा गर्दै भने, “प्रहरीले यी मानिसहरुलाई केही गर्दैन । किनकी यिनीहरु दंगा गर्दैनन् र यो सबै मुसलमान गर्छन् । प्रहरीले खजुरी कच्ची क्षेत्रमा अश्रु ग्यास प्रहार गरेर भीडको तितब-बितर बनाउने प्रयास गरेको थियो ।

यस्तो हिंसा र त्रासको माहोलकाबीच पनि राजेन्द्र मिश्राजस्ता केही मानिहरु चाँदबागमा आफूहरु सुरक्षित भएको महसुस गर्छन् । चाँदबाग मुस्लिम बाहुल्य क्षेत्र हो । सोमबार राति मुस्लिन र हिन्दु समुदायका मानिसहरु एकजुट भएर चाँदबागको मन्दिर बाहिर पहरा दिएका थिए । तर, यसअघि सोमबार दिउँसो चाँद शाहको चिहानमै आगजनी गरेका थिए।
दिल्लीको यस हिंसामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते छन् ।

(बीबीसी हिन्दीका फैसल मोहम्मद अलीको रिपोर्टको अनुवाद)

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने

December 25, 2020
विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघ्यो

भारतमा कोरोना संक्रमित झन्डै एक करोड

November 29, 2020
स्यान्टियागोमा महिलावादीहरुको बृहत प्रदर्शन

स्यान्टियागोमा महिलावादीहरुको बृहत प्रदर्शन

November 26, 2020
मेक्सिकोमा ट्यांकर दुर्घटनमा १४ जनाको मृत्यु

मेक्सिकोमा ट्यांकर दुर्घटनमा १४ जनाको मृत्यु

November 18, 2020
अर्कोमा जानुहोस्
दिल्लीमा दशकौंयताको खराब हिंसा, २० को मृत्यु

दिल्लीमा दशकौंयताको खराब हिंसा, २० को मृत्यु

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist