• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, January 23, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण

EASYKHABAR EASYKHABAR
February 27, 2020
पर्यटन
A A
0
1
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारीको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० वटा मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा स्वदेशी पर्यटक बढ्दै गएका छन् ।

पदयात्री मनाङको थोरङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् । थोरङ्ला भञ्ज्याङको उचाइ पाँच हजार ४१६ मिटर छ । यहाँ रहेका हिमताल, अन्नपूर्ण हिमशृङ्खलाका साथै हिमाली जनजीवन, वेशभूषा, संस्कृति, गुम्बा, चाडपर्व लगायतका मौलिक संस्कृति यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।विशेष गरी प्रत्येक वर्ष दुई मौसममा मात्र पर्यटकको विशेष चहलपहल हुने मनाङमा जाडो याममा भने जाडो छल्नका लागि स्थानीयवासी बेँशी वा जिल्लाबाहरि निस्कने गर्दछन् । मङ्सिरको अन्तिम साताबाट फागुनको दोस्रो सातासम्म अत्यधिक चिसो हुने भएकाले यस समयमा यहाँका स्थानीय पोखरा काठमाडौँका साथै देशका विभिन्न शहरमा जाने गरेका छन् ।

प्रत्येक वर्ष फागुनको मध्यदेखि जेठसम्म र भदौदेखि मङ्सिरसम्म यहाँ पर्यटकको आगमन हुने गरेको छ । बेंशीशहरबाट शुरु भई मुस्ताङको मुक्तिनाथ हुँदै कास्कीको नयाँ पुल आएर सकिने २१ दिनको यो पदमार्ग पछिल्ला वर्षमा जथाभावी बाटो खन्ने क्रमले छोटिएको छ । अहिले यो पदमार्ग १० दिनमा नै पार गर्न सकिन्छ ।

पदयात्रा पर्यटन नेपालको मौलिकता भए पनि जथाभावी बाटो खन्ने क्रमले दिनप्रतिदिन चुनौती थपिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो ।

“जथाभावी बाटो खनिने क्रमसँगै पदयात्रा पर्यटन धराशयी बनेको छ”, उहाँले भन्नुभयो, “भएका पदमार्ग मासिँदै जाने र विकल्प पनि नखोज्ने क्रम कायम रहने हो भने नेपालको समग्र पदयात्रा पर्यटन एकादेशको कथा बन्न बेर छैन ।” मनाङ क्षेत्रमा वर्षमा दुई याम मात्रै पर्यटक गइरहेको सन्दर्भमा बाह्रै महिना पर्यटक पु¥याउने लक्ष्यका साथ अन्य प्रयास शुरु गरिएको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका अवस्थामा नेपाल क्लाइम्बिङ टिमले हालै मनाङको ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डेमा आइस क्लाइम्बिङका साथै स्कीको परीक्षण गरेको छ । फेब्रुअरी दुईबाट १० सम्म उक्त परीक्षण गरिएको थियो ।

मनाङलाई पर्यटनको केन्द्र बनाउँदै यहाँ बाह्रै महिना उनीहरूको आगमन कायम राख्ने उद्देश्यका साथ नेपाल क्लाइम्बिङ टिमले हुम्डेमा साहसिक खेल स्की र आइस क्लाइम्बिङको परीक्षण गरेको प्रशिक्षक समीर थापाले बताउनुभयो । “हिमाली क्षेत्रमा बाह्रै महिना पर्यटक पु¥याउन आइस क्लाइम्बिङ तथा स्की महत्वपूर्ण हुन सक्छ”, उहाँले भन्नुभयो, “हिमाली क्षेत्रमा भन्ने गरिएको ‘अफ’ मौसममा यहाँका पर्यटन व्यवसायी लाभान्वित हुन्छन् ।” स्की हिउँमा चिप्लिएर खेलिने खेल भएकाले यो अत्यधिक चिसोको समयमा हिउँ जम्दाका बखत मात्र सम्भव हुन्छ । पाखाभरि सेताम्मै हिउँ त्यही हिउँमा रङ्गीचङ्गी पोशाकमा रहेका स्की खेलाडी खेलेको दृश्य पर्यटकका लागि अर्को नौलो आकर्षण हो ।

नेपाल क्लाइम्बिङ टिमले नेपालका धेरै क्षेत्रमा रक क्लाइम्बिङ, आइस क्लाइबिम्ङ क्षेत्र निर्माण गरेको छ । मनाङ आसपासमा आइस क्लाइम्बिङ र स्कीको प्रचूर सम्भावना रहेको र यसलाई आफूहरूले प्राथमिकतामा राखेको नेपाल क्लाइम्बिङ टिमका अध्यक्ष विनायकजंग मल्लले बताउनुभयो ।

नेपालका धेरै हिमाली क्षेत्रमा आफू पुगेको बताउँदै मल्लले अन्नपूर्ण पदमार्ग क्षेत्रअन्तर्गत हुम्डे अत्यन्त उपयुक्त दखिएको धारणा राख्नुभयो । विदेशी पर्यटक यस्तै साहसिक खेलमा रमाउने हुँदा उनीहरूलाई आकर्षित गर्न पनि स्की उपयुक्त हुने स्की खेलाडी पासाङ नुर्वु शेर्पाले बताउनुभयो । आफूहरूको टिमले गत वर्ष यसै ठाउँमा आइस क्लाइम्बिङको परीक्षण गरेको जानकारी दिँदै उहाँले यस वर्ष आइस क्लाइम्बिङ सँगै स्की पनि गरेको बताउनुभयो । आइस क्लाइम्बिङ र स्की विदेशीलाई मात्र नभई स्वदेशी पर्यटकको समेत आकर्षण हुने र यसले हिमाली क्षेत्रमा सदावहार पर्यटक भित्र्याउन मद्दत गर्ने अर्का सहभागी मिङ्मा यङ्गी शेर्पाले बताउनुभयो ।

नेपालमा धेरै रमणीय हिमाल र हिमाली क्षेत्र रहेका कारण यी क्षेत्रमा बाह्रै महिना पर्यटक भित्र्याउने गरी आइस क्लाइम्बिङ र स्की खेलको विकास तथा विस्तार गर्न सकिने उहाँको भनाइ थियो । पदमार्ग मासिनेक्रम बढिरहेको वास्तविकतामा हिमाली क्षेत्रमा प्रचूर सम्भावना बोकेका आइस क्लाइम्बिङ तथा स्कीलाई विकल्पका रुपमा समेत बढाउन सकिने पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

“पछिल्ला समयमा स्वदेशी पर्यटकको पनि मनाङमा आकर्षण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “अफ सिजन भनिने समयमा समेत सञ्चालन गर्न सकिने स्की, आइस क्लाइम्बिङ जस्ता खेलले पर्यटकको आगमनलाई सँधै निरन्तरता दिन सकिन्छ ।”

शेयर 1Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

July 18, 2020
‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपालमा/मिस नेपाल् अनुस्का लगायतकोले गरिन स्वागत ।

‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपालमा/मिस नेपाल् अनुस्का लगायतकोले गरिन स्वागत ।

March 5, 2020
दामनमा ८ भारतीय पर्यटकको हिटरले ज्यान लियो

दामनमा ८ भारतीय पर्यटकको हिटरले ज्यान लियो

January 24, 2020
पर्यटन व्यवसायी उत्साहित, ३७ करोड लागतको गुण्डु ग्राण्ड शिलान्यास

पर्यटन व्यवसायी उत्साहित, ३७ करोड लागतको गुण्डु ग्राण्ड शिलान्यास

December 24, 2019
नेपालमा २० लाख पर्यटक भित्र्याउने ‘फर्मुला’

नेपालमा २० लाख पर्यटक भित्र्याउने ‘फर्मुला’

December 7, 2019
भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

December 5, 2019
नेपाल भ्रमण वर्ष–२०२० को भव्य शुभारम्भ हुन्छ : पर्यटनमन्त्री भट्टराई

नेपाल भ्रमण वर्ष–२०२० को भव्य शुभारम्भ हुन्छ : पर्यटनमन्त्री भट्टराई

November 22, 2019
कैलाश मानसरोवर यात्रा : भारतीय पर्यटकलाई रकम बढाइयो

कैलाश मानसरोवर यात्रा : भारतीय पर्यटकलाई रकम बढाइयो

November 22, 2019
अर्कोमा जानुहोस्
मलेसियामा कामदारको न्युनतम तलव १२ सय रिंगिट कार्वानयन

मलेसियामा कामदारको न्युनतम तलव १२ सय रिंगिट कार्वानयन

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    59 शेयर
    शेयर 24 Tweet 15
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    44 शेयर
    शेयर 18 Tweet 11
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist