• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

EASYKHABAR EASYKHABAR
February 5, 2020
मुख्य समाचार, समाचार
A A
0
5
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको हो ।

मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पु¥याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।

वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भन्नुभयो, “आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने रु यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।

मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले यो संस्थालाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफँै जान्छ । हामी यस्ता गाईजात्रा पन्छाउँदै देशको विकासमा लाग्नेछौँ ।”

विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “रचनात्मक सुझावहरु ग्रहण गरिन्छ तर राजनीतिका लागि राजनीति सह्य हुन सक्दैन । अनुशासन र नियममा रहनुस् । अन्यथा यसको हिसाबकिताब राम्रैसँग राखिनेछ । चुनौती सम्झिए चुनौती सम्झिनुस् । राजनीतिका लागि राजनीति गर्ने विध्वांशात्मक विरोधलाई म पराजित गर्छु ।” असन्तुष्ट कर्मचारीलाई मन्त्री बाँस्कोटाको प्रश्न थियो, “के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो रु त्यसकारण तपार्ईंहरु दुःखी हुनुभयो रु संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो रु”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उहाँले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्छ ।”

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा टेलिकमको वार्षिकोत्सवसँग सम्बन्धित स्मारिका विमोचन गरिएको थियो भने विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

शेयर 5Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
अर्कोमा जानुहोस्
अन्ततः राना थारु समुदाय फुट्यो / रानाथारु समुदायको अलग सूचीकरण।

अन्ततः राना थारु समुदाय फुट्यो / रानाथारु समुदायको अलग सूचीकरण।

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist