• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

रानाथारु समुदाय फुटेको भन्दा पनि आफ्नो पहिचान प्राप्त गरेको हो

RN CHAUDHARY RN CHAUDHARY
February 8, 2020
विचार
A A
0
67
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

विनय वैद्य 

हाम्रो सुन्दरतानै विविधतामा रहेको छ । चाहे सामाजिक होस वा प्राकृतिक सबै खालको सुन्दरताले भरीपुर्ण देशको रुपमा नेपाल लाई चित्रण गरिनुको कारण विविधतानै हो हुन त समाजमा रहेको विविधता लाई विभाजितताको रुपमा देख्ने आखाहरु पनि छन । जसले जे देखेपनि विविधता नै समाजको सुन्दरता हो भन्ने सत्यलाई धाकछोप गर्न सकिदैन । २०६८ सालको जनगणना अनुसार भन्ने हो भने नेपाल मा हाल सम्म सुचिकृत १२५ जात जाती रहेका छन । ति सबै जात जातिहरुको आफ्नै छुट्टै भाषा,सस्कृति,कला र सम्पदाहरु रहेका छन ।
विविधताको पहिचान र सुचिकरण निरन्तरताको रुपमा नेपाल सरकारले रानाथारु समुदायलाई आदिबासि समुहको रुपमा सुचिकृत गरेर छुट्टै पहिचान स्थापित गरेको छ । यस सन्र्दभमा सम्पुर्ण राना समुदायको बृहत्तर हितको लागि हार्दिक शुमकामना ब्यक्त गर्न चाहन्छु ।

आज राना थारु समुदायले छुट्टै पहिचान पाउदा कति थारु समुदाय भित्र (डगौंरा थारु) र अन्य समुदायले विरोधाभाष पुर्ण संसय ब्यक्त गरिरहेका छन । रानाथारु समुदाय र चौधरी थारु समुदाय आर्थिक, सामाजीक र राजनितीक रुपले पछाडी पारिएको र धेरै हद सम्म समानता रहेका समुदाय हुन । रानाथारु समुदायलाई आदिबासि जनजातीको रुपमा सुचिकृत गर्नाले मात्रै यि दुई समुदायमा कुनै फरकपन वा विभेदहुने अवस्था भने पक्कै होइन । आज यसै सन्दर्भमा विरोधाभाषपुर्ण विषय वस्तुहरु छलफलमा आइरहेकोले राना थारु र चौधरी थारु समुदाय विचको सम्वन्ध, पहिचान,कला र सस्कृतीको बारेमा थोरै पाठक समुदाय लाई जानकारी गराउने इच्छा शक्तिले केहि कुरा कोर्न मन लाग्यो ।

राना थारु समुदाय नेपालको सुदुर पश्चिम प्रदेश कैलाली र कन्चनपुरमा बसोबास गर्ने समुदाय हुन । म स्वयम र मेरो वुवाको पुस्ता देखि रानाथारु र हामी दगौराथारु समुदाय संग संगै सहकार्य गर्दै अगाडि बढिरहेको यर्थाथ हो । समाजीक,आर्थिक र राजनितीक रुपमा दुबै समुदायमा सामानता रहेपनि कला,सस्कृती,भाषा,भेषभुषा का सन्दर्भमा दुबै समुदायमा नितान्त भिन्नता रहेको छ । रानाथारु समुदायको आफ्नै छुट्टै पहिचानयुक्त पहिरन (घघंरिया,अंघिया,उनिया,नक्वेसर र पैंडा) रहेका छन । भाषाको बाट समेत रानाथारुको छुट्टै आफ्नो पहिचान छ । त्यसैगरी रानाथारु समुदायले मनाउने होली,तिज,चराँई जस्ता छुट्टै पहिचान युक्त चाँड पर्वहरु रहेका छन । धार्मीक रुपमा हेर्ने हो भने रानाथारु समुदाय हिन्दु धर्मालम्बी को रुपमा चिनिने गर्दछन ।

तस्वीरमा राना थारु समुदायको पहिरनमा सजिएकि रानाथारु युवतिहरु

राजनितिक रुपले पछाडी परिएको यस समुदायको उच्च तहको नेतृत्वको इतिहास भने छोटो रहेको छ । सर्वप्रथम पंचायत शाशनकालमा लवरु रानाले नेपाल सरकारको केन्द्रिय मन्त्रिको रुममा नेतृत्व गरको देखिन्छ भने त्यस यता पुरण राना, कृपाराम राना प्यारेलाल राना र माला मति रानाले संसदमा नेतृत्व गरीसकेका छन र हाल एक मात्र संघिय संसदको रुपमा नारदमुनी रानाले नेतृत्व गरीरहेका छन । यस बाहेक अन्य ब्यक्तिहरु उक्त समुदायबाट उच्च नेतृत्व तहमा पुगेको देखिदैन । रानाथारु समुदायको यो छोटो परिचय संग मैले देखेको र जानेको रानाथारु र डंगौरा थारु समुदाय विचको सम्बन्धलाई उजागर गर्न चाहान्छु ।

कैलाली र कञ्चनपुर जिल्लामा रानाथारु र डंगौरा थारु समुदाय अन्य थुपै्र गैर थारु समुदायसंग सहकार्य गर्दै समाजिक रुपान्तरणमा अगाडी बढाई रहेका छौ । राना थारु समुदाय र डंगौरा थारु समुदाय विच र अन्य गैर थारु समुदायविच यास क्षेत्रमा सौद्धार्दपुर्ण सम्बन्ध रहि आएको छ। रानाथारु समुदायलाई आदिवासीको रुपमा छुट्टै पहिचान दिइनुलाई कतिपय अन्य पहिचानको मुद्धालाई कमजोर बनाउन खोजिएको अशंका गरीरहेका ्छन । तर यर्थाथमा यो कदम दुबै समुदायलाई मिलेर पहिचानको मुद्धामा अगाडि बढ्न सहजभएको मेरो ठम्याई छ । साथै कतिपयले यो पहिचानको मुद्धामा थारु समुदायलाई अल्पमतमा पार्न खोजेको प्रतिकृया समेत दिइरहेको छन । अल्पमतमा पार्न खोजेको प्रतिकृया दिने मित्रहरुलाई म के अनुरोध गर्न चाहन्छु भने पहिचानको मुद्धा बहुमतमा रहेर वा अरु कसैमाथी आक्रमण गरेर स्थापित नभई समुदायको उत्थान र विकास संग जोडिएको मुद्धा हो ।

राना थारु समुदाय आदिबासी जनजातिको रुपमा सुचिकृत हुनु पनि पहिचानको मुद्धामा एउटा ऐइतीहासिक र ठुलो जित वा उपलब्धी हो । उक्त उपलब्धीका लागाी हामी सबैले रानाथारु समुदाय र उक्त समुदायका अगुवाहरुलाई बधाई दिन कञ्जुस्याई गर्नु हुदैन । यहि उपलब्धीको आधारमा राना थारु समुदाय र चौधरी थारु समुदायमा फुट भएको भनि व्याख्या विश्लेषण गर्नु अल्पबद्धिको परिचय दिनुको सिवाए अरु केहि होइन ।

म राष्ट्रिय थारु कलाकार मञ्चको अध्यक्षको हैसियतमा के अनुरोध गर्न चाहन्छु भने यो सस्था चौधरी थारु समुदायको मात्र नभई राना थारु समुदायका साथै सम्पुर्ण थारु कलाकारहरुको साझा छाता संगठन हो । कलाकारहरुले कुनै जातजाती र कला सस्कृतिको विकास र विस्तार गर्ने मुख्य भुमिका भएकोले राष्ट्रिय थारु कलाकार मञ्च सधै सबै थारु जातिहरुको कला, सस्कृती र पहिचानको लागी फुटेर हैन जुटेर अगाडि बढ्ने छ भन्ने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु ।
अन्त्यमा सम्पुर्ण थारु एवम गैर थारु समुदायलाई के अनुरोध गर्न चाहन्छु भने सक्नु हुन्छ यस एतिहासिक उपलब्धीका लागी रानाथारु समुदायलाई बधाई ज्ञापन गर्नुहोस र यहि सक्नुहुन्न भने जाति भेदभाव सिर्जना गर्ने खालको अभिब्यक्ती वन्द गर्नुहोस ।         

शेयर 67Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

December 4, 2020
माफियाको वकालत गर्ने कम्युनिष्ट सरकार !

माफियाको वकालत गर्ने कम्युनिष्ट सरकार !

August 24, 2020
उत्पीडित वर्गको राजनीतिक शक्ती, सत्ता की पहिचान र स्वाभीमान

उत्पीडित वर्गको राजनीतिक शक्ती, सत्ता की पहिचान र स्वाभीमान

August 20, 2020
२६ औं विश्वआदिवासी दिवस र नवलपुरका आदिवासी जनजातिहरुको अवस्था

२६ औं विश्वआदिवासी दिवस र नवलपुरका आदिवासी जनजातिहरुको अवस्था

August 10, 2020
वास्तविक शुद्रता के हो?

वास्तविक शुद्रता के हो?

July 21, 2020
 कुमारीत्व: कति भ्रम कति सत्य ?

 कुमारीत्व: कति भ्रम कति सत्य ?

June 24, 2020
नेल्सन मण्डेलाको १० विचार, तपाईको सफलताको सुत्र बन्न सक्छन्

नेल्सन मण्डेलाको १० विचार, तपाईको सफलताको सुत्र बन्न सक्छन्

April 18, 2020
भ्रमणबर्ष स्थगित गरेर भ्रष्टाचार बर्ष सुरु गरेकोमा ओली र प्रचण्डलाई नायकले लेखे खुल्लापत्र

भ्रमणबर्ष स्थगित गरेर भ्रष्टाचार बर्ष सुरु गरेकोमा ओली र प्रचण्डलाई नायकले लेखे खुल्लापत्र

April 4, 2020
अर्कोमा जानुहोस्
भ्रष्टचारीलाई ‘रेड कार्ड’ देखाउँदा रञ्जु दर्शनासहित विवेकशीलका नेताहरु पक्राउ परे

भ्रष्टचारीलाई ‘रेड कार्ड’ देखाउँदा रञ्जु दर्शनासहित विवेकशीलका नेताहरु पक्राउ परे

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist