सिप बिकासबाट आयआर्जन गर्न सक्ने क्षमता अभिबृद्धिकालागी रामधुनी वडा ३ को सहयोगमा महिलाहरुलाई उद्यमशिल तालिम प्रदान गरेको छ । घरको काम समेत उठाउदै घरमै बसेर महिलाहरुले लगाउने बिभिन्न प्रकारका श्रृगारका सामानहरु बनाउने तालिम दिएका हुन् ।
एघार दिने जुत्ता बनाउने तालिम र सात दिने कृष्टलमाला बनाउने तालिम बुधवार समापन गरीएको छ भने मखमलको जुत्ता बनाउने तालिम सोहीदिन उद्धघाटन पनि गरिएको छ । नगरउपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यमा दलित सञ्जाल वडा समिति र पारालिगल वडा समितिले सञ्चालन गरेको तालिम समापन गर्दै महिला वडा समितिको आयोजनामा सात दिने मखमलको जुत्ता बनाउने तालिम उद्धघाटन गरेको हो । तालिम समापन र उद्धघाटन गर्दै सिकेका सिपहरु सदुपयोग गर्नु पर्ने नगर उपप्रमुख चौधरी सुझाव ब्यक्त गरेकी छन् । सिपबाट उघोग सम्म सञ्चालन गर्न सक्ने भएकोले आवश्यक्ता अनुसार सुरुवाती पुँजिको पनि ब्यवस्थापन गर्न सकिने धारणा ब्यक्त गरेकी छन् ।
घरमा बसेका बेरोजगार महिलाहरुलाई केन्द्रितगरी स्वरोजगार बनाउने उधेश्यले सिप बिकास सम्बन्धि तालिम सञ्चालन गरेको बक्ताहरुले जोड दिएका छन् । वडाअध्यक्ष राजकुमार चौधरी, वडा महिला सदस्य टिका लक्ष्मि श्रेष्ठ, शोभा सरदार र सचिव तिर्थराज धमलाले धारणा ब्यक्त गर्दै तालिमले महिलाहरु आत्मनिर्भर बन्न सक्ने बताए । वडा कार्यालयको सहयोग दलित सञ्जाल वडा समितिको आयोजनामा सो जुत्ता, चप्पल बनाउने तालिम प्रदान गरेका हुन् । दलित सञ्जाल वडा समितिकी अध्यक्ष चन्द्रकला परियार अध्यक्षतामा भएको एघार दिने तालिम पन्ध्र जनाको सहभागीता रहेको थियो । सिप तालिमकालागी यशोदा सुबेदीले सहजिकरण गरेकी थिईन् ।
यसैगरी परालिगल वडा कमिटिको आयोजनामा सात दिने कृष्टलमाला बनाउने तालिम सम्पन्न गरेको हो । परालिगल वडा कमिटिकीकी अध्यक्ष गिता श्रेष्ठको सभापतित्वमा बिभिन्न डिजाईनका कृष्टलमालाहरु बनाउने तालिमकालागी पबित्रा देबकोटाले सहजिकरण गरेकी थिइन् । महिला वडा समितिकी अध्यक्ष सिर्जना परियारको सभापतित्वमा भने मखमलको जुत्ता बनाउने तालिम उद्धघाटन भई माघ २९ गते सम्म सञ्चालन हुने छन् । यस तालिमकालागी सबिता चौधरीले सहजिकरण गरिरहेको आयोजक समितिले जानकारी दिएका हुन् ।
Discussion about this post