• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, January 16, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

शिवरात्रि अपडेट: डेढ लाख बढीले पशुपति नाथको दर्शन गरे

EASYKHABAR EASYKHABAR
February 21, 2020
देश, बिशेष समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
पशुपतिका चार ढोका तीन बजे नै खुल्यो
पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उहाँले सुनाउनुभयो ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताउनुभयो ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ ।

दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उहाँले बताउनुभयो ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यसपटक नेपाल भ्रमण वर्षको अवसर समेत परेकाले पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । लाखौँ भक्तजनलाई पशुपति क्षेत्रको भ्रमण गराउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत ११ उपसमिति पनि गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । ११ वटै उपसमितिको सक्रियतामा आज रातभर पनि भक्तजनले पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको छ ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
भागबन्डाका लागि कांग्रेसमा विभाग फुटाइँदै, महाधिवेशन गर्ने बेलामा देउवाको अर्कै दाउ

कांग्रेस निर्वाचनमा जान्छ : देउवा

January 11, 2021
रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

January 3, 2021
जनता समाजवादी पार्टी र नेकपा एकीकृत माक्सवादी पार्टीबीच एकता

जनता समाजवादी पार्टी र नेकपा एकीकृत माक्सवादी पार्टीबीच एकता

January 1, 2021
नेकपा बैठक : ओलीलाई कारवाही गर्दै नेपाललाई पार्टी अध्यक्ष बनाइयो

प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई

January 1, 2021
थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

December 30, 2020
रुपन्देहीका संक्रमित वैशाखमा दिल्लीबाट आएका थिए

आज ५ सय कोरोना संक्रमित थपिए

December 26, 2020
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार; को को बने मन्त्री

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार; को को बने मन्त्री

December 26, 2020
अर्कोमा जानुहोस्
अनुहार छोपिएको अभिनेताको साथमा नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज

अनुहार छोपिएको अभिनेताको साथमा नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    263 शेयर
    शेयर 105 Tweet 66
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    42 शेयर
    शेयर 17 Tweet 11
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist