समाजवादी विद्यार्थी युनियनका कोषाध्यक्ष ओम महतोले शैक्षिक माफियाले संचालन गरेका स्कुल, कलेजको नाम लिष्ट सार्वजनिक गर्ने बताउनुभएको छ । आज संगठनका विद्यार्थीको भेलामा उक्त कुरा बताउनुभएको हो ।
शैक्षिक दलालले संचालन गरेका शैक्षिक संस्थामा फी र अतिरिक्त शुल्कको नाउँमा विद्यार्थी संग चर्को शुल्क लिने गरेका थाहा पाएका छौ, तिनै शैक्षिक संस्थाको शैक्षिक गुणस्तर कमजोर छ । गुणस्तरीय शिक्षा दिने भनेर विद्यार्थी भर्ना लिने त्यसकै आडमा अभिभावक संग मनलाग्दी शुल्क लिने कुरा न्याय संगत छैन हामी यसका बिरुद्धमा एक्सन मै जान्छौं, देशैभरिको यस्ता शैक्षिक संस्थाको लिस्ट बनाउदैछौँ हामी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं उहाँले बताउनुभयो ।
त्रिविको स्ववियु निर्वाचन संगै हामी त्यस्ता घिनलाग्दा गतिबिधि गर्ने शैक्षिक संस्था विरुद्ध उभिन्छौं । राज्यसंग सर्वशुलभ र गुणस्तरीय शिक्षा दिने भनेर सम्झौता गरेर स्कुल कलेज संचालन गर्ने शुल्कको नाउँमा विद्यार्थी र अभिभावकलाई मानसिक तथा शाररिक यातना दिने कुरा हाम्रो संगठनलाई स्वीकार्य छैन हामी यस्ता गतिबिधि पूर्ण रुपमा निस्तेज गर्न पुरै संयन्त्र परिचालन गर्छौं अब माफियालाई तह लगाउछौँ महतोले बताउनुभयो ।
साथै उहाँले स्ववियु निर्वाचन तोकिएकै समयमा त्रिविले निश्पक्ष निर्वाचन गर्नेमा बिश्वस्त रहेको बताउनुभयो । हाम्रै संगठन नै पहिलो संगठन हो स्ववियु निर्वाचनको स्वागत गर्ने, हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा सहित निर्वाचन जान्छौ यो वा त्यो बहानामा निर्वाचनलाई टाल्ने कुरा हुँदैन भन्नुभयो ।
Discussion about this post