बारा सम्बादाता ।
कोल्हबी:= बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा जारी चौथो पिपरा गोल्ड कपको तेस्रो दिन आईतवार भएको खेलमा गतबर्षको उपबिजेता सर्लाही ११ र युनाइटेड क्लब सिमरा बिच प्रतिस्पर्धा भएको खेलमा ०-१ गोलको बिरुद्ध युनाइटेड क्लब सिमरा बिजय भएको छ।
युनाइटेड क्लब सिमराका जर्सी न.१९ का सुनिल राउतले खेल्को पहिलो हाल्फको ५ मिनट बित्दै पहिलो गोल गरि आफ्नो टिमलाइ सानदार जित हासिल गराएको छ । युनाइटेड क्लब सिमराका जर्सी न.१६ का जन्मे धामीलाई ट्रफी प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो।
अनुमानित ५३ लाखको लागतमा भइरहेको चौथो पिपरा गोल्ड कपमा उदयपुर-११,गतवर्षको बिजेता न.२ बाहिनी बर्दिबास (एपीएफ क्लब) गरि अझै २ वटा टिमहरुको सहभागी रहने र साथै सोमबारको खेल बागमती युवा क्लब र गतवर्षको बिजेता न.२ बाहिनी बर्दिबास (एपीएफ क्लब) बिच भिडन्त हुने साथै २४ गते शुक्रबारको दिन महिला मैत्रीपूर्ण खेल हुने बारे आयोजक समितिले जनाए।
प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै माघ १५ गते बुधबार देखि सुरु हुने खेल २३ गते बिहिवार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए।
उक्त खेल कार्यक्रमको लागी सहयोगी हातहरु मध्य मुख्य सहयोगी करैयामाइ गाउँपालिका ,स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका, एन.सि.सि.बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न।।
Discussion about this post