अमेरिका ।
अमेरिकामा बस्दै आएका एकजना नेपालीको कोरोना भाइरस ( कोभिड-19 ) को कारण मृत्यु भएको छ।
पुर्ख्यौली घर पाँचथर भएका रमेश (अनिल सुब्बा) सम्वाहाङ्फे
कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएको र उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको कुरा उनका आफन्त नेपाली गायिका अम्रिता लिम्बुले जानकारी दिइएकी छिन ।
पाँचथरको साविक रानीगाउँ-४ गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए। उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए।
सम्वाहाङ्फेको कोरोना भाइरसकै कारण निधन भएको खबर प्राप्त भएको जानकारी रानीगाउँ उपत्यका मिलन समाज परिवारका सचिव विन्देश्वर खनालले पनि प्रष्ट पारे ।
सम्वाहाङ्फे परिवारसहित अमेरिकामा बसेर व्यवसायमा संलग्न थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्। उनी नेपाली कांग्रेस सम्बद्ध रहेको भन्दै नेपाली जनसम्पर्क समितिका सभापति आनन्द बिष्टले उनी प्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।
Discussion about this post