बिश्वब्यापी माहामारीको रुप लिएर तिब्रगतिमा फैइलिरहेको कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट मलेसियामा आज मंगलबार थप एक जना स्थानीय नागरिकको मृत्यु भएको छ ।
मलेसिया स्थित स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाको कारण अहिलेसम्म यहाँका विभिन्न राज्यहरु जस्तै सेलाङ्गर क्वालालम्पुरमा २ जना , जोहोरबारुमा ३, सारावाकमा ५ , साबाहमा १ , केलान्तानमा १ ,पेनाङमा १ , पेरलिसमा १ , मालाकामा १ जना गरेर जम्म १५ जनाकाे मृत्यु भएकाे छ भने १६२४ जना मानिस यसबाट संक्रमित रहेका छन ।
मलेसियन स्वास्थ्य मन्त्रालयका निर्देशक जनरल डाक्टर नुर हशन अब्दुलहले समाजिक संजाल मार्फत जारि गरेकाे नियमित प्रेस बिज्ञप्तिमा उल्लेख गरिए अनुसार मलेसियामा पहिलाको १३४५ जनाको संख्यामा थप नयाँ २ सय १२ जना मानिस संक्रमित रहेको हिजो सोमबार थपिएकोमा जम्मा १५ सय १८ जना संक्रमित रहेको थियो तर आज मंगलबारको दिन उक्त संख्या झन बढेर १६२४ पुगेकाे जनाइएको छ।
कोरोनाको संक्रमण लागेर उपचार गराउन अस्पताल भर्ना भएकोहरु मध्य १८३ जना निको भएर घर फर्कीसकेको बताईएको छ भने अन्य बिरामीलाई आईसियु(इमर्जेन्सी) कक्षमा राखेर उपचार गरिराखेको बताईएको छ ।
मलेसियामा अन्य देशबाट आगमन पनि पुर्ण रुपमा बन्द गरिएकाे छ। यस्तै मलेसिया सरकारले संक्रमाण फैलन नदिन हिड्डुलमा प्रतिबन्ध लगाएको छ । बाहिरी हिड्डुललाई रोक्न सडकहरुमा पुलिस तथा आर्मिहरुकाे प्रयोग गर्न सुरु गरिएको र सार्वजनिक यातायातमा समेत चेकजाँचलाई तिब्र पारिएको छ। पुलिस प्रशासनले माईकिङ गर्दै अत्यावश्यक काम बाहेक यताउता हिलडुल नगर्न,घरबाट बाहिर ननिस्किन र धेरै मानिसको समुह भेला नहुन माइक मार्फत सुचना बोल्दै सु-सुचित गरिरहेको छ , साथै अबदेखि सडकमा पुलिस प्रशासनले कडाईको साथ चेकजाँच गरिरहेकै छ्न भने आकाशबाट चेकजाँच गर्न ड्रोन क्यामराको सहायता लिने यहाँका उच्चअधिकारीको भनाईरहेको छ ।
लाखौंलाख बिदेशी कामदार कार्यरत रहेको देश मलेसियामा करिब ४ लाख भन्दा बढीको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेका छ्न । तर अहिलेसम्म कोरोनाको कारण बिदेशी नागरिकको ज्यान नगएको र नेपाली कामदारहरु समेत सुरक्षीत रहेको अवस्था छ ।
Discussion about this post