कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिएको छ ।
सोमबार भर्ना भएका पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए ।
टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन्।
Discussion about this post