• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

नेपालमा औषधि निर्यातलाई निरन्तरता दिन भारत सकारात्मक

EASYKHABAR EASYKHABAR
March 12, 2020
मुख्य समाचार
A A
0
2
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक भएको छ । भारतमा यही फागुन २३ र २४ गते भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग लिई स्वदेश फर्कनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भारतका केन्द्रीय नागरिक उड्ययन, आवास तथा शहरी मामिलामन्त्री हरदीपसिंह पुरीसँगको भेटसँगै भारतीय मन्त्रीले नेपालमा औषधि खुला गर्न आफ्ना सचिवलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो । नेपालमा आवश्यक औषधि र औषधिजन्य वस्तु ७० प्रतिशत विदेशबाट आयात हुने गरेकामा त्यसको ९० प्रतिशत भारतबाट मात्र आयात हुन्छ । “नेपाललाई छुट्टै नीति बनाएर काम गर्न हामीले आग्रह ग¥यौँ, उहाँ सकारात्मक हुनुभयो”, राज्यमन्त्री दुगडले आज आफ्नो कार्यकक्षमा पत्रकारमाझ बताउनुभयो । उहाँका अनुसार नेपाल भारतसँग व्यापार घाटामा रहेकाले नेपालबाट भारत निर्यात हुने पाम आयलको निर्यातमा पनि भारत सरकारात्मक भएको छ, उसले नेपाललाई कष्ट हुन दिने छैन । मलेशिया र इण्डोनेशियाबाट कच्चा पदार्थ आयात भई नेपालमा प्रशोधन हुने पाम आयल नेपालमा करीब ३० प्रतिशत भ्यालु एडेड भई निर्यात हुने गरेको छ । नेपालबाट गत छ महिनामा करीब रु १४ अर्ब पाम तेल निर्यात भएको छ ।नेपालमा सुरक्षा र अन्य पूर्वाधार प्रशस्त भएको, कर्मचारीतन्त्र सेवाग्राहीमैत्री भएको तथा एकद्वार प्रणाली कायम भई लगानीको पर्याप्त वातावरण भएकाले लगानीका लागि आग्रह गरिएको पनि उहाँले बताउनुभयो । राज्यमन्त्री दुगडले जोगबनी–बगनाहा, वीरगञ्ज–रक्सौल, जनकपुर–जयनगर रेल सञ्चालन छिटो गर्न, रक्सौल–मुजफ्फरपुर विद्युत लाइन छिटो सम्पन्न गर्न तथा निर्माणाधीन भैरहवा–नेपालगञ्ज एकीकृत भन्सार चौकी चाँडै सकाउन पनि भारतीय पक्षलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
घाटामा गएका संस्थानलाई नाफामा लैजान गृहकार्य

अर्को प्रसङ्गमा उद्योग राज्यमन्त्री दुगडले नेपालका जुटमिल, सिमेण्ट, चिनी, कपडा, चुरोट, धागो, कृषि औजार, औषधि उद्योग आदि घाटामा गएको र तिनमा सार्वजनिक निजी साझेदारी गर्न आग्रह गरिएको जानकारी दिँदै घाटामा गएका त्यस्ता ३०–४० संस्थानलाई नाफामा ल्याउनका लागि तीन चार ढाँचाबाट सञ्चालन गर्न गृहकार्य भइरहेको जानकारी पनि दिनुभयो । दुई चार थरि औषधि मात्र उत्पादन गर्ने नेपाल औषधि लिमिटेड नौ महिना बन्द हुने बताउँदै उहाँले प्रधानमन्त्रीले पनि जनकपुर चुरोट कारखाना, सिमेण्ट उद्योग जस्ता संस्थानलाई चलाएर नाफामा लैजान निर्देशन दिनुभएको जानकारी दिनुभयो । उहाँले ती उद्योगका साथै जलविद्युत्, पर्यटन, खानी, पेट्रोलियम पदार्थ, फलाम आदि उद्योगको पनि नेपालमा सम्भावना भएकाले तिनमा लगानी गर्न भारतीय पक्षलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँका अनुसार नेपाल भारत व्यापार तथा पारवहन सन्धि छिट्टै नवीकरण गर्न पनि भारतीय पक्षबाट प्रतिबद्धता आएको छ । सन्धिका केही बूँदामा संशोधन गरिने कुुरा भएको छ । नयाँ उद्योगमन्त्री लेखराज भट्ट र आफूले कार्यभार सम्हालेको ११० दिनमा नेपाल उद्योग वाणिज्य महासङ्घ, सिएआइ, चेम्बर अफ कमर्श, नेपाल घरेलु उद्योग महासङ्घ, छाला जुत्ता व्यापारी आदिले पनि उद्योग मन्त्रालयले दिएको सेवाको प्रशंसा गर्दै पहिलेभन्दा अहिले काम गर्न सजिलो भएको बताएको जिकिर राज्यमन्त्रीले गर्नुभयो ।

छ महिनालाई मौज्दात
कोभिड–१९ सङ्क्रमणको त्रासपछि बजारमा सामान अभाव हुने कुरालाई दृष्टिगत गरी सरकारले त्यस्ता सामानको मौज्दात अध्ययन गर्दा तीनदेखि ६ महिनासम्मलाई पर्याप्त रहेकाले अनावश्यक रुपमा सामग्री नथुपार्न उपभोक्तालाई आग्रह गर्नुभयो । केही व्यापारीले कालोबजारी गर्ने, सामान लुकाउने गरेको पाइएपछि सरकारले छापा मारी त्यस्तालाई जरिवाना तिराएको जानकारी दिँदै राज्यमन्त्री दुगडले भन्नुभयो, “अनावश्यक स्टक नगर्नुस्, हामी औषधि, खाद्य पदार्थ आदि सामग्री कमी हुन्न दिन्नौँ । यो नाकाबन्दी होइन, सुनामी होइन, आवश्यक सामान आयात भइरहेको छ, चिन्ता लिनुपर्ने कारण छैन । ” उहाँले मास्क र स्यानिटाइजरको आपूर्ति सम्बन्धमा पनि अनुगमन भइरहेको जानकारी दिँदै ती सामानमा अविवेकी तरिकाले मूल्य नबढाउन व्यापारीसँग आग्रह गर्नुभयो ।
मास्क उद्योग बढ्ने

भारतले पनि नेपालसँग मास्क आपूर्ति गर्न आग्रह गरेको उहाँले बताउनुभयो । राज्यमन्त्रीका अनुसार नेपालमा पहिले मास्कका चार उद्योग भएकामा बन्द भई अहिले दुई वटा मात्र छन् । हाल चार पाँच नयाँ उद्योगले अनुमतिपत्र लिन निवेदन दिएका छन् ।

३० औद्योगिक ग्राम स्वीकृत 
उद्योग राज्यमन्त्रीले मुलुकका ७५३ वटै स्थानीय तहमा एकएक औद्योगिक ग्राम स्थापना गर्ने नीतिअनुसार हालसम्म ३०–३२ स्थानीय तहले स्वीकृति पाइसकेको र बजेट पनि छुट्याइएको जानकारी राज्यमन्त्रीले दिनुभयो । सो ग्राममा उद्योगीले सुरक्षा, निःशुल्क बिजुली, बजार व्यवस्था आदिको सुविधा पाउने छन् । चाउचाउ, तितौरा, अचार, दुग्ध, राडीपाखी, जुत्ताचप्पल जस्ता उद्योग त्यसमा रहनेछन् । साना सीप र लगानीलाई प्रोत्साहन दिने उद्देश्यले ल्याइएको औद्योगिक ग्रामको अनुगमन गर्न समिति पनि गठन हुने छ । रुग्ण उद्योगलाई पुनर्जीवित गर्नका लागि सार्वजनिक निजी साझेदारी ढाँचामा जाने स्पष्ट गर्दै उहाँले विराटनगर जुटमिल, गोरखकाली रबर उद्योग जस्ता उद्योगका यन्त्र काम नलाग्ने अवस्थामा पुगेकाले तिनका ठाउँमा प्रदर्शनीस्थल, सङ्ग्रहालय आदि स्थापना गरिने उल्लेख गर्नुभयो । नेपाल खाद्य तथा व्यापार कम्पनी पनि लिजमा दिइने सोचाइ भएको जानकारी उहाँले दिनुभयो । कर्मचारी र व्यवस्थापनका पदाधिकारी नियुक्ति गर्दा योग्यताका आधारमा गरिने पनि उहाँले स्पष्ट गर्नुभयो ।

“उद्योग मन्त्रालय निजी क्षेत्राको मनोबल बढाउन, मित्रतापूर्ण व्यवहार गर्न सदैव तयार छ । निजी क्षेत्रलाई सुरक्षा दिन र संरक्षण गर्न प्रतिबद्ध छ । औद्योगिक क्षेत्रमा निजी क्षेत्रलाई सदैव स्वागत गर्छौँ ”, उहाँले भन्नुभयो ।

शेयर 2Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

December 27, 2020
अर्कोमा जानुहोस्
७ सय नेपाली सेना युएन मिसन जानबाट बञ्चित

७ सय नेपाली सेना युएन मिसन जानबाट बञ्चित

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist