• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ, मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न सक्नुभएन : अध्यक्ष जबरा

EASYKHABAR EASYKHABAR
March 15, 2020
देश, समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’

अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे । उनले भने,‘उहाँ स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन् । त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ । उहाँलाई जे–जे गर्दा आराम हुन्छ, त्यो गर्न दिउँ ।’

उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए । उनले वर्तमान सरकारले जनतालाई कुनैपनि किसिमको सेवा प्रदान गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘नेपाली जनताले भारी बहुमत दिएर यो सरकारलाई पठाएको हो, तर, सरकारले कुनैपनि किसिमको सेवा दिन सकेन् । सरकार सेवा दिने कुरामा असफल भयो ।’
अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए । उनले भने,‘अहिले व्यापक भ्रष्टाचार बढेको छ । सरकाले काण्डै काण्ड घटाएको छ । ललितानिवास काण्ड, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ । न्यायालयमा त झनै बढि राजनीतिकरण भयो ।’ वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ ।

उनले विदेश नीतिमा पनि झनै असफल भएको दाबी गरे । उनले भने,‘अमेरिकी सहयोग एमसीसी लिने सवालमा त नेकपाले कार्यदल बनाएर गाईजात्रा देखायो ।’ त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुलुकमा बेथिति र विसंगति हुँदापनि कुनै किसिमको खबरदारी गर्न नसकेको उनको अर्को आरोप छ ।

उनले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नको लागि एकता गरेको पनि विश्वास दिलाए । उनले आफूहरुले सबै पक्षलाई स्विकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने कुरा गरेको सुनाए ।

उनले भने,‘हामीले सबै पक्षलाई स्विकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रको कुरा गरेका छौं ।’ यद्धपी उनले आफूहरु संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने,‘हामीले संविधान जारी गर्दापनि केही असहमति राखेका थियौं, खासगरी हिन्दूधर्मको बारेमा, हामीले यसको लागि संशोधनपनि हालेका थियौं ।’

उनले राजसंस्था नेपालको पूराना संस्था भएकोले यसले निश्पक्ष भूमिका निर्वाह गर्न सक्नेपनि बताए । उनले भने,‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो । सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।’

संविधान जारी गर्दा राप्रपापनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाई छ । उनले हिन्दूराष्ट्र बनाउनको लागि मुलुकभरि राजनीति परिचालन गरिने पनि सुनाए । उनले भने,‘हिन्दूराष्ट्र बनाउनको लागि दुई तिहाई बहुमत चाहिन्छ, त्यसप्रति पार्टीको राजनीति परिचालन हुन्छ ।’ उनले आफूहरुको एकता नेपाली जनतालाई अहिलेको अवस्थाबाट उद्धार गर्नपनि भएको सुनाउँदै त्यसको लागि पार्टी तयार रहेको सुनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्र एक भएर लड्नुपर्ने भनेर राखेको प्रस्ताव सकारात्मक भएको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रो सरकार त कोरोना भाइरसबारे लापरवाही गरेर बसेको छ । सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने कुरा गरेको छ । सरकारको यो कदम अत्यन्तै चिन्ताजनक र निन्दनीय छ ।’ उनले मोदीको पहल राम्रो भएको भन्दै यसले नेपाल सरकारलाई ‘रेस्क्यु’ गरोस र राम्रो होस भन्ने कामनासमेत गरे ।

हरेक वर्ष नेपालको बजेटको ३०÷४० प्रतिशत बजेट खर्च नहुने गरेको सुनाउँदै अध्यक्ष जबराले कोरोनाबाट बच्नको लागि चाहिने अत्यावश्क ईक्युपमेन्ट, प्रोटेक्शन क्लोथ, मास्क लगायतका सामाग्री खरिद गर्न सरकारलाई आग्रह गरे ।

फरक प्रसंगमा उनले सुनिल थापाले पार्टी छोडेको भन्ने प्रश्नमा त्यो कुरा सत्यता नभएको स्पष्ट पारे । उनले भने,‘सुनिल थापाले पार्टी छोड्नु भएको छैन् । केही रिजर्भेशन राखेको छ ।’

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
भिष्वामा सरसफाई सम्पन्न

भिष्वामा सरसफाई सम्पन्न

January 11, 2021
रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

January 3, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
अर्कोमा जानुहोस्
स्कुटर दुर्घटनामा परि दिपक चौधरीको मृत्यु/हरेन्द्र चौधरी गम्भीर घाइते।

स्कुटर दुर्घटनामा परि दिपक चौधरीको मृत्यु/हरेन्द्र चौधरी गम्भीर घाइते।

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist