भारतीय उद्योगपति तथा रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी अब एसियाका सबैभन्दा धनी व्यक्तिको दोस्रो नम्बरमा खस्किएका छन्।
कोरोना भाइरस (कोभिड–१९) को सङ्कटको सामना गरिरहेको बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि अम्बानी एसियाकै धनी व्यक्तिको सूचीबाट केही खस्किएका हुन।अम्बानीलाई चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उछिनेका हुन्। ब्लुमबर्ग बिलिनियर इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि अम्बानीको रिलायन्स इण्डस्ट्री पनि खस्किएको हो। यही कारण अम्बानी दोस्रो स्थानमा पुगेका छन्।
कोरोना भाइरसका कारण अलिबाबाले पनि केही मुश्किल सामना गर्नुपरेको थियो तर पछिल्लो समय क्लाउड कम्प्युटिङ्ग र मोबाइल एप्समा माग बढेका कारण कम्पनीको प्रदर्शन राम्रो देखिएको हो।एसियाका सबैभन्दा धनी बनेका ज्याक माको सम्पत्ति ४४ दशमलव ५ अर्ब डलर छ, जुन अम्बानीको सम्पत्तिभन्दा २ दशमलव ६ अर्ब डलरले धेरै हो।
Discussion about this post